"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ठेकेदारले काम रोकेपछि कैलालीको लम्कीचुहा –१० चुहामा निर्माणाधीन अस्पताल अलपत्र

No data was found

Khabar Raftar

मंसिर १७ धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर–१० चुहामा निर्माणाधीन सामुदायिक अस्पतालको काम रोकिएपछि अस्पताल अलपत्र परेको छ । निर्माण कम्पनीका ठेकेदारले काम रोकेपछि अस्पताल निर्माणको कार्य अलपत्र परेको हो । काम गरेवाफतको भुक्तानी बाँकी रहेको भन्दै निर्माण कम्पनीले काम रोकेको बताईएको छ ।

No data was found

दुई वर्षभित्र ५० शय्याको सामुदायिक अस्पताल तयार पार्नेगरी ठेक्का पाएको केएस–शनिदेव जेभी महेन्द्रनगरले झन्डै दुई वर्षदेखि अस्पतालको काम नगरेको बताईन्छ । डेढ वर्षसम्म निर्माणको काम गरेर कम्पनीले बाँकी काम रोकेर राख्दा पाँच वर्षसम्म अस्पताल बन्न सकेको छैन ।

५० लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको भन्दै निर्माण कम्पनीका ठेकेदारले बाँकी काम नगरेको वडा अध्यक्ष हर्कबहादुर कठरिया थारुले बताए । बजेट अभावको कारण अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेको बताउदै उनले भुक्तानी बाँकी रहेको भन्दै ठेकेदारले काम रोकेको लामो समय भएको बताए ।

अस्पताल निर्माणको कार्यले पूर्णता नपाउँदा बनेका संरचनामा क्षति भइरहेको उनले बताए । अस्पताल भवनको निर्माण कार्य अझै धेरै बाँकी रहेको बताउदै उनले चार–पाँच वटा क्वार्टर सहितका केही संरचना भने तयार भइसकेको बताए । अधुरो अस्पताल र बनेको संरचनाको संरक्षण हुन नसकेको बताउदै उनले क्वार्टर र अस्पताल भवन लागुऔषध दुव्र्यसनमा फसेका युवायुवतीको गलत कार्यस्थल बनेको बताए ।

त्यसैगरी झ्याल, ढोका, सीसा लगायतका संरचनामा क्षति पुगेको बताउदै उनले रेखदेख गर्ने कोही नहुँदा संरचनामा क्षति गर्ने, सामान चोरी गरेर लैजाने लगायतका कामहरु भइरहेको बताए । वडा अध्यक्ष कठरिया थारुले दुई वर्षमा अस्पताल तयार पार्नेगरी आर्थिक वर्ष २०७७–७८ मा अस्पताल निर्माणको ठेक्का भएको बताए ।

नगरपालिकाका इन्जिनियर भरतराज जोशीले भ्याट सहित १४ करोड ८५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बताउदै अस्पताल निर्माणमा निर्माण कम्पनीले आफूले काम गरेवाफतको भुक्तानी लिइसकेको बताए । काम गरेको बिल, भर्पाइ पेश गरेपछि मात्रै अर्थ मन्त्रालयबाट बजेट आउने बताउदै उनले डेढ वर्षसम्म सामुदायिक अस्पताल निर्माणको काम गरेर त्यसपछि बाँकी काम ठेकेदारले छोडेको जानकारी गराए ।

इन्जिनियर जोशीले फेरि काम गर्न आउने भनेर सुनेको बताउदै कहिले देखि काम गर्ने भन्ने विषयमा जानकारी नभएको बताए । लम्कीचुहा नगरपालिकाले गाडी खरिदका लागि छुट्याएको ७५ लाख रुपैयाँबाट तत्कालीन नगर प्रमुख महादेव बजगाइँको पाला देखि अस्पताल निर्माणको कार्य सुरु गरिएको उनले बताए ।

७५ लाख रुपैयाँले अस्पताल भवनको भुइँतलाको निर्माण गरिएको बताउदै उनले त्यसपछि बाँकी काम सङ्घीय सरकारको बजेटमा भएको बताए । वडा अध्यक्ष कठरिया थारुले अस्पताल निर्माणका लागि तत्कालीन प्रदेश सभा सदस्यको स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट एक करोड १३ लाख र सङ्घीय सांसदको स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट एक करोड १० लाख बजेट प्राप्त भएको जानकारी गराए ।

त्यसैगरी पूर्व नगर प्रमुख महादेव बजगाइँले अस्पताल निर्माणमा धेरै बजेट खर्च भइसकेको बताउदै साढे पाँच बिघा जमिनमा निर्माणाधीन अस्पतालको निर्माण कार्य रोकिनु दुःखद भएको बताए । आफ्नो पालामा अस्पताल निर्माणको काम भए पनि नेतृत्व बदलिएसँगै काम थन्किएको उनले बताए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ