"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सहकारीमा आबद्ध महिलाहरुको आम्दानीको स्रोत बन्दै भैँसीपालन

No data was found

Khabar Raftar

मंसिर १७ धनगढी । सहकारीमा आबद्ध महिलाहरुका लागी ब्यासायीक भैसिपालन आम्दानीको स्रोत बन्दै गएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–१४ फुलबारी एच गाउँका सहकारीमा आबद्ध महिलाहरुका लागी व्यावसायिक भैंसीपालन आम्दानीको स्रोत बन्दै गएको हो । फुलबारीकी उर्मिला घलेले दुई वटा उन्नत जातका भैंसीपालेर आम्दानी गर्दै आएकी छिन् ।

No data was found

एउटा भैसी अनुदानमा पाएको बताउदै उनले अर्को उन्नत जातको भैँसी आफैंले किनेर गरेको भैसी पालन आम्दानीको स्रोत बनेको उनले बताईन । दैनिक १० लिटर दूध बिक्री गर्ने गरेको बताउदै उनले भैँसीकै दूध बेचेर मासिक २० हजार आम्दानी हुने गरेको बताईन । विगतमा गृहणीकारुपमा सीमित भएको बताउदै उनले अहिले भैँसीपालन गरेर आम्दानी गर्न थालेको बताईन ।

फुलबारी एच गाँउका १६ जना महिलाहरु खोजेर सिदार्थ महिला कृषि समुह गठन गरी दर्ता गरेको बताउदै उनले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर डडेल्धुराको अनुदानमा १६ जना महिलालाई समुह मार्फत भैंसीपालनका लागि सहयोग गरिएको बताईन ।

उन्नत जातका भैंसी खरिद गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्र्तगत स्टार्टप अनुदान मार्फत २५ लाख ५५ हजार ५ सय र समुहबाट २४ लाख ४४ हजार ५ सय गरी ५१ लाख समुहको खातमा जम्मा गरिएको उनले बताइन् । समुहमा आवद्ध १६ जना महिलाहरुले उन्नत जातको भैंसी खरिद गरी ल्याएको समुहकी सचिव उर्मिलाले बताइन् । भैँसी पालेर घाँस खेती गरेको बताउदै उनले साँझ बिहान दैनिक १० लिटर दूध बिक्री हुने गरेको बताईन ।

घर राम्रैसंग चलेको बताउदै उनले मेहनत र परिश्रम गरे सफलता र सन्तुष्ति दुबै प्राप्त हुने बताईन । अनुदान मार्फत १५ वटा भैंसी र एक रागाबााट व्यवसाय ुसुुरु गरेर महिलाहरु आत्मनिर्भर भएको उनले बताईन् । पहिला आर्थिक अवस्था कमजोर हँुदा बालबालिकाको पढाई लेखाईमा समस्या हुने गरेको बताउदै उनले अहिले भैंसीपालनबाट जीवन स्तर सुधार हुँदै गएको बताईन । पहिला काम केही नभएको बताउदै उनले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले समुहलाई सहयोग गरे पछि काममा ब्यस्त भएको बताईन ।

समुह निर्माण गरेपछि ५० प्रतिशत अनुदानमा भैंसी खरिद गरिएको उर्मिलाले बताईन । ५ जनाको गोठ निर्माण र ११ जनाको सुधारिएको गोठ निर्माण समेत गरिएको उनले बताईन । त्यसैगरी समुहकी अध्यक्ष दुर्गा कुमारी बुढा तामाङले अहिले भैंसीपालनमा व्यस्त रहेको बताउँदै भैंसीको दुध विक्रीबाट सबै खर्च टार्ने गरेको बताइन् । उनले एक लिटर दुधलाई ६५ रुपैयाँमा बेच्ने गरेको बताउँदै मासिक १९ हजार ५ सय बचत गर्दै आएको बताईन ।

‘घर खर्च चलाउन मात्र नभई आम्दानीका लागि भैँसीपालन राम्रो लागेको बताउदै तामाङले ‘भैँसीले दूध दिन छोडेमा फुलबारीमा रहेको डेरीमा लगेर बेच्ने बताईन । समुहमा आवद्ध गृहणी महिलाका लागि भैँसीपालन आम्दानीको गतिलो माध्यम भएको अध्यक्ष तामाङले बताईन ।

आयोजनाको अनुदानमा घरमा बसेर व्यावसायिक रुपमा भैंँसीपालन गर्न थालेपछि उनीहरु आत्मनिर्भर बन्न थालेको बताउदै अध्यक्ष तामाङले भैंसीपालन गर्दै आएका महिलाले सात महिनामा दैनिक १० लिटर र त्यसपछिका महिनामा ५ लिटर दुध बेच्दै आएको बताईन । दूध बेचेको आम्दानीले घर राम्रै चलेको बताउदै तामाङले आफु पनि ब्यस्त हुने गरेको बताईन । घरखर्चका लागि श्रीमानसँग माग्नु पर्ने अबश्था हटेको उनले बताइन् ।

बजारमा दुधको माग बढिरहेको बताउदै उनले बजारमा सहजै रुपमा डेरी, होटलले दूध खरिद गर्ने गरेका कारण दुध विक्री गर्न सहज भएको बताईन । समुहमा आवद्ध महिलाले दूध बिक्री गरेर घर खर्च चलाउनुका साथै बाँकी रकम बचत समेत गर्दै आएको उनले बताईन । एक लाख ५० हजारको लागतमा खरिद गरेर ल्याएको भैंसीको रकम पनि असुल भइसकेको उनीहरुले बताएका छन ।

समुहकी सदस्य लिला लामा तामाङले सात महिनासम्म दुध विक्रीबाट २० हजार कमार घरबार चलाएको बताईन । भैंसीको दुध विक्री गरेर गोठ सुधारका साथै छोरीलाई पार्लर सिकाउँदै गरेको उनले बताईन । श्रीमानको मृत्यु भएपछि घर खर्च चलाउन धौं–धौं भएको बताउदै उनले अनुदानमा भैंसी पाएपछि जीवन निर्बाह गर्न सहज भएको बताईन ।

मासिक आम्दानीको केही अंश घरखर्च र केही बचत गर्ने गरेको उनले बताईन । समुहमा आवद्ध महिलाहरुले व्यावसायिक रुपमा भैंसीपालन गरेर आम्दानी गर्न थालेपछि छिमेकीहरु पनि त्यसको सिको गर्न थालेको उनले बताईन ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ