मंसिर १७ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर–३ चौराहबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने १ सय ९० मिलिग्राम पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
No data was found
लम्कीचुहा नगरपालिका वडा नम्बर–५ बस्ने २८ वर्षीय प्रकाश सुनार, कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर–७ बस्ने २० वर्षीय दिनेश पाल र २० वर्षीय भुपेन्द्र विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
Post Views: 33

