"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था

No data was found

Khabar Raftar

कार्तिक २२ धनगढी । बाजुराको बुढीगङ्गा नगरपालिकाका स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै आएका छन् । दश वटै वडामा रहेका दश वटा स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै आएका हुन ।

No data was found

एक जना अहेव, दुई जना अनमी र एक जना कार्यलय सहयोगी गरी चार जना कर्मचारी रहेका भए पनि असोज ३० गते बसेको कार्यपालिकाको ४९ औँ बैठकले ४६ जना करार अस्थायी तथा दैनिक ज्यालादारीमा राखेर काम गर्दै आएका ४६ जना स्वास्थ्यकर्मी हटाए पछि एक जना कर्मचारीको भरमा स्वास्थ्य संस्था सञ्चालन हुँदै आएका हुन

सामान्य स्वास्थ्य सेवा लिनका लागि दुई चार घण्टा पैदल हिँडेर सेवा लिन बाध्य स्थानीयलाई गाउँ बस्तीमै आधारभूत सेवा दिन सरकारले स्वास्थ्य संस्था सञ्चालनमा ल्याएका भए पनि अहिले ती स्वाश्थ्य संस्था एक जना कर्मचारीको भरमा सञ्चालनमा रहेका हुन ।

स्थानीयलाई स्वास्थ्य सेवा लिन निकै सहज भएको अबश्थामा स्वास्थयकमीहरुर्ले सेवाग्राहीको घरमै पुगेर सेवा दिने गरेका भए पनि कर्मचारी हटाईए पछि अहिले उपचार पाउन पनि समस्या हुने गरेको बताईएको छ ।

अहिले एक स्वास्थ्य संस्थामा एक जना मात्र कर्मचारी भएकाले सेवाग्राहीहरुको घरमा पुगेर सेवा दिन त परको कुरा आउने गरेका सेवाग्राहीलाई समेत समस्या हुने गरेको बुढीगङ्गा नगरपालिका वडा नम्बर–७ झाली बर्थिङ्ग सेन्टरमा कार्यरत बिनिता बिष्टले बताईन ।

अहिले स्वास्थ्य संस्थामा एक जना मात्र कर्मचारी भएको बताउदै उनले कसैले घरमा बोलाए पछि अहिले जान सकिने अवस्था नभएको बताईन । यही समस्याका कारण गत कात्तिक १४ गते बुढीगङ्गा नगरपालिका वडा नम्बर–७ सिमलकोटकी अन्दाजी २५ वर्षीया सृजना केसीलाई बिच सडकमा सुत्केरी सेवा दिनु पर्ने अवस्था आएको बिष्टले बताईन ।

प्रदेश सरकारले अस्थायी कर्मचारी हटाउने निर्देशन दिएसँगै करारका सबै कर्मचारी हटाए पछि अहिले नागरिकको स्वास्थ्यलाई मध्येनजर गर्दै नगरपालिका भित्रमा रहेका स्वास्थ्य संस्थालाई बन्द नहुने गरी पछिल्लो समय पालिकाले एक एक जना कर्मचारी रहने गरी सबै स्वास्थ्य संस्थामा मिलान गरेको बुढीगङ्गा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कर्मचारी हटाए पछि स्वास्थ्य संस्था समेत बन्द हुने अवस्था आएकाले स्वास्थ्य संस्था बन्द नहुने गरी तत्काल केही कर्मचारी मिलान गरेको बुढीगङ्गा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पुष्पराज गिरीले जानकारी गराए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ