कार्तिक २२ कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
No data was found
वेदकोट नगरपालिका वडा नम्बर–८ आमथलास्थित भित्री सडक खण्डमा शुक्रवार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा वेदकोट नगरपालिकावडा नम्बर–७ सुडाका ३१ वर्षीय शिव रानाको मृत्यु भएको हो ।
राना आफैँले चलाएको म २ प ८४०२ नम्बरको मोटरसाइकल भारत विहार निवासी अवधेशकुमार महतोले चलाएको मसला बनाउने आर्गो मिक्सचर मेसिनसँग ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।
उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार ३० वर्षीय भीम राना घाइते भएको र उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी गराए ।
Post Views: 23

