कार्तिक १९, प्रदिप मलासी : बालबालिकाको संरक्षण र समृद्व गर्ने हेतुले परियोजना द्वारा दोस्रो चरणको तालिम सम्पन्न गरेको छ ।
दलित सहयोग समाज बझाङ्ग द्वारा संचालित समान व्यवहार परियोजनाको आयोजना र युनाईटेड मिसन टु नेपालको सहयोगमा संचालित अन्तरास्ट्रिय बाल बिकास कार्यक्रम तालिम आई सि डि पि तेस्रो चरण आज सम्पन्न भएको छ ।
पछिल्लो समयमा समाजमा बालबालिका माथी हुने बिभिन्न खालका हिंसाजन्य गतिबिधिका कारण जन्म पछि बालबालिकाको पालन पोषण , स्यााहार सुसारमा खासै ध्यान जान नसक्नुले बालबालिकाको दैनिकी माथी संकट पैदा हुँदै गएको छ।
सन २०१४ देखि नेपाली बालबालिकाहरुको संरक्षण गर्ने हेतुले नेपालमा लागू भएको आई सि डि पी नेपालले स्याहारकर्ता ,सहजकर्ता र प्रशिक्षक गरि तीन तहमा तालिमको व्यवस्था मिलाई समुदायमा रहेका बालबालिकाको जिवनस्तर रुपान्तरण गरि बालबाबालिकाका अभिभावकहरुको सोचमा परिवर्तन गराउदै आएको छ ।
बालबालिका लाई मानव सभ्यताको पहिचान गराउन र समुदायको सल्लाह अनुसार आई सि डि पि नेपाल कार्यक्रमहरुको तयारी गर्ने कार्यक्रमका प्रशिक्षक मान बहादुर राईले बताए ।
बझाङ्गको समाज सुहाउदो र बालबालिकाको संरक्षण गर्न योग्य उपाय सहित प्राप्त गरिएको यो तालिमलाई स्थानीय सरकार संगको समन्वय र दलित सहयोग समाजको सहयोगमा बिध्यालय स्तरमा गर्न जरुरी रहेको कार्यक्रमका सहभागी हेमन्त बहादुर सिंहले बताए ।
सबै शिक्षा बिध्यालय वाट प्राप्त हुने भएकोले बिध्यार्थी वाटै बाल संरक्षणको बिधि प्रक्रिया सिकाउदा अझै उत्तम हुने सहभागी सिंहको भनाई छ । बालबालिका सम्बन्धि धेरै तालिम लिए पनि आजको तालिमले बाल संरक्षणका सवालमा ठूलो उर्जा थपेको सिंह बताउन्छन ।
बालबालिका लाई त्रासपूर्ण वातावरण वाट नभएर हौसला र माया वाट धेरै कुरा सिकाउन सकिने भएकोले भबिस्यका कर्णधार बालबालिकाको मनभाव अनुसार अभिभावकले काम गर्दा आजका बालबालिकाको भबिष्य दिर्घकालिन हुनेमा दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल नेपालीले बताए ।
सरकारले बाल संरक्षण सम्बन्धि कानुनी व्यवस्था बनाई सकेकाले बिध्यालय स्तरका बालबालिका वाट संरक्षण बारे शिक्षा दिनु पर्ने भन्दै परिवर्तन आफै वाट सुरु गरे समाज रुपान्तरण गर्न कठिन नहुने दलित सहयोग समाजका सहसचिव श्याम नेपालिले बताए ।
बालबालिकाको ईच्छा अनुसारको खााना र खेलकुद सामाग्री मार्फत बाल स्वतन्त्रता संरक्षण हुने भएकाले बालबालिका माथि लगाईने बन्देजले बालबालिकाको भबिस्य ओझेल पर्ने भएकोले जन्म दिनु मात्र आमा बुबाको कर्तव्य नभएर बालबालिकालाई सतमार्ग देखाउनु अभिभावकको दायित्व हो । त्यसैले समाजमा यस्ता कुराको चेतना दिन जरुरि रहेको दलित सहयोग समाजका उपाध्यक्ष शारदा नेपाली बताए ।
तालिम बाट प्राप्त गरिएका प्रमाण पत्र लाई बाकसमा थन्काउनु मात्र तालिमको उद्वेश्य नरहेको र तालिम बाट सिकेका कुराहरु बालबालिका र अभिभावक लाई चेतना दिनुका साथै बाल संरक्षणका सवालमा वकालत गर्नु सहभागिहरुको जिम्मेवारी रहेको कार्यक्रममा अध्यक्ष तथा दलित सहयोग समाजका अध्यक्ष मोहनलाल बि क ले बताए ।
नर्वे बाट सुुरु भएर सन २०१४मा नेपाल प्रबेश गरेको आई सि डि पि नेपालले नेपाल राज्य भरिका करि डेढ दर्जन सामाजिक संस्थाहरु संगको सहकार्यमा देशभरमा २ सय ३५ सहजकर्ता र १हजार ४ सय ६५ स्याहार कर्तालाई तालिम दिएको छ ।
सदरमुकाम चैनपुरको होटल ड्रिम हाउसको सभा हलमा संचालन गरिएको उक्त कार्यक्रम बिभिन्न बिध्यालयका शिक्षक, सामाजिक सहजकर्ता र अभिभावक गरि १८ जना सहभागिहरुको उपस्थिति रहेको उक्त तालिमको संचालन समान व्यवहार परियोजना संयोजक भिम रसाईलीले गर्नु भएको थियो ।

