"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

No data was found

Khabar Raftar

कार्तिक १७ दार्चुला । महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) योजना अन्तर्गत पर्ने दार्चुला जिल्लामा रहेको ३० किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु गरिएकोे छ ।

No data was found

कालोपत्रे गरिने सडक खण्डलाई तीन प्याकेजमा विभाजन गरेर कालोपत्रे गर्नुपूर्व गरिने काम सुरु गरिएको हो ।

योजनाका सूचना अधिकारी एवं इन्जिनियर रामचन्द्र जैसीले दार्चुला जिल्लामा पर्ने सलेती देखि बेतखण्डको १२.३ किलोमिटर र खलङ्गा देखि सुन्सेरा खण्डको १८.५ किलोमिटर सडक खण्डमा ब्याक कटिङ, भुइँ तह, सहायक तह र मुख्य आधार तह निर्माण गर्ने कार्य सुरु गरिएको बताए ।

४९ करोड १० लाख १३ हजार ७ सय १३ रुपैयाँमा २०७९ साल असार २० गते निर्माण कम्पनीसँग सम्झौता गरिएको उक्त सडकको यस वर्षदेखि कालोपत्रेको काम सुरु भएको उनले जानकारी गराए ।

सलेतीदेखि बेतसम्मको सडक कालोपत्रे गर्ने काम राजेन्द्र निर्माण सेवाले गरिरहेको छ भने खलङ्गा देखि चल्लेगडा खण्ड र चल्लेगडा देखि सुन्सेरा सम्मको सडकखण्ड कालोपत्रे गर्ने काम सिएबी ग्वाल्लेक जेभीले गरिरहेको उनले जानकारी गराए ।

चल्लेगडा–सुन्सेरा सडक खण्ड कालोपत्रे गर्नका लागि ४२ करोड ६८ लाख ४० हजार ७ सय ३३ रुपैयाँको ठेक्का टेन्डर भएको उनले जानकारी गराए । सलेती–बेत सडक खण्डमा ५३ प्रतिशत, खलङ्गा–चल्लेगडा सडक खण्डमा ५६ प्रतिशत र चल्लेगडा–सुन्सेरा सडक खण्डमा २५ प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी गराए ।

चालु आर्थिक वर्ष २०८२÷८३ मा १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको भए पनि बजेट न्युन रहेको उनले बताए । कार्यालयलाई यस वर्ष २२ करोड ९७ लाख रुपैयाँ विकास बजेट प्राप्त भएको बताइएको छ । कार्यालयलाई एक अर्ब ४९ करोड ठेक्का दायित्व रहेको उनले जानकारी गराए ।

कोरिडोरले कञ्चनपुरको ब्रह्मदेव देखि महाकाली किनार हुँदै डडेलधुराको परशुराम नगरपालिका, भागेश्वर गाउँपालिका, बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र दार्चुलाको लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका, दुहुँ गाउँपालिका हुँदै ब्यास गाउँपालिकाको टिङ्कर नाकासम्म छोएको बताईएको छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ