"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

No data was found

Khabar Raftar

कार्तिक १७ कञ्चनपुर । कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादनमा वृद्धि भएको हो ।

No data was found

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले उत्पादकत्व शून्य दशमलव दुई प्रतिशतले बढेको जानकारी गराए । यस वर्ष गत वर्षको तुलनामा धानको उत्पादकत्वमा वृद्धि भएको बताउदै उनले उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको बताए ।

यस वर्ष दुई लाख तीन हजार छ सय ८३ मेट्रिक टन धान उत्पादन भएको उनले बताए । गत वर्ष एक लाख ९३ हजार ९ सय ८४ मेट्रिक टन उत्पादन भएको बताउदै कृषि ज्ञान केन्द्रले किसानलाई अनुदानमा सिचाँइ सुविधा उपलब्ध नभएको ठाउँमा साना सिचाँइ जडान समेत गर्ने गरेको बताए ।

सूचना अधिकारी साउदले गत वर्ष ज्ञान केन्द्रले नौवटा स्थानीय तहमा ७ सय ७६ साना सिचाँइ (ट्युवेल) जडान गरेको जानकारी गराए । कञ्चनपुरमा ४८ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको बताउदै उनले त्यसमध्ये ३९ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हँुदै आएको बताए ।

हाल साना सिँचाइ बाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध भएको उनले बताए ।

विसं २०४२ सालमा सुरु भई ०४८ सालमा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८ सय हेक्टर र ०५२ सालमा सम्पन्न भएको दोस्रो चरणबाट छ हजार ८ सय हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको उनले बताए ।

पहिलो र दोस्रो चरणको सिँचाइबाट भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध भएको उनले बताए । समयमा रासायनिक मल पाउन सके धान उत्पादन अझै बढ्न सक्ने किसानहरूले बताएका छन ।

बेदकोट नगरपालिका वडा नम्बर–९ सुन्दरपुरका किसान सागर रानाले यस वर्ष धानखेतीको समयमा आकाशेपानी पर्दा धान उत्पादन राम्रो भएको बताए । उनले विगतका वर्षमा बोरिङबाट रोपाइँ गर्ने गरिएको बताउदै यस वर्ष आकाशेपानी समयमा आउँदा बोरिङको प्रयोग गर्नु नपरेको बताए ।

अर्का किसान खुसी डगौराले आकाशेपानी र समयमै मलखाद उपलब्ध भएकाले धान उत्पादन वृद्धि भएको बताईन ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ