कार्तिक १७ डडेल्धुरा । डेढ दशक देखि अल्झिरहेको डडेल्धुरा बसपार्क निर्माण सुस्त गतीमा हुने गरेको छ । गत असार पहिलो साता शिलान्यास गरिएको बसपार्कको निर्माण सुस्त गतिमा हुने ग रेको हो ।
No data was found
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका वडा नम्बर– ८ डकलेमा बन्ने बसपार्क क्षेत्रबाट विद्युत् लाइन गएको हुँदा निर्माणले गति लिन नसकेको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका साइड इन्चार्ज दीपक ओझाले जानकारी गराए ।
१० करोड ३० लाख १६ हजार रुपैयाँ लागतमा व्यवस्थित बसपार्क निर्माणका लागि ठेक्का सदर गरिएको थियो । गत असार देखि निर्माणको काम थालिए पनि बझाङ जिल्लासँग जोडिएको विद्युत्को ३३ केभी र स्थानीयको जग्गासँगै बैतडी, दार्चुला सम्म जोडिएको ११ केभी लाइनका कारण काममा ढिलाइ भइरहेको साइड इन्चार्ज ओझाले बताए ।
Post Views: 17

