"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन

No data was found

Khabar Raftar

कार्तिक १७ दार्चुला । दार्चुलाको सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाको भवन नौ वर्ष सम्म पनि बन्न सकेको छैन ।

No data was found

दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तहमध्ये सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाको भवन नौ वर्ष सम्म पनि बन्न नसकेको हो ।

शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाको भवन निर्माणाधीन अवस्थामा छन् भने बाँकी छ वटा गाउँपालिकाले भवन निर्माण गरेर कार्यालय समेत सञ्चालन गरिसकेका छन् ।

गाउँपालिका स्थापनाकै वर्ष २०७४ सालमा नौगाड गाउँपालिकाले पहिलो पटक आफ्नै भवन निर्माण गरेको थियो भने पछि विस्तारै अन्य स्थानीय तहले समेत आफ्नै भवन निर्माण गरेको अवस्था छ ।

सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिका हाल निजामती कर्मचारी आवासको भवनबाट सञ्चालनमा रहेको छ । २०७५ सालमा पाँच वर्षका लागि आवासको भवन प्रशासकीय भवन सञ्चालनका लागि नगरपालिकाले लिने सम्झौता गरेको थियो ।

सम्झौताको म्याद २०८० भदौमा सकिए पछि त्यसयता थप एक वर्षका लागि म्याद थप गरिएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन दार्चुलाका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले जानकारी गराए ।

थप गरिएको एक वर्षको म्याद २०८१ भदौ २३ गते सकिएको भए पनि नगरपालिका सोही भवन मार्फत सञ्चालनमा रहेको छ । नगरपालिका स्थापना भएको नौ वर्ष बितिसक्दा समेत आफ्नै भवन निर्माण गर्न नसक्नु दुःखद भएको स्थानीयले बताएका छन् ।

नगर उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले जग्गा उपलब्ध नहुँदा भवन निर्माण गर्न नसकिएको बताए । भवनको डिपिआर तयार गरेको बताउदै उनले जग्गा उपलब्ध हुनेबित्तिकै निर्माण कार्यको थालनी हुने बताए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ