"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

No data was found

Khabar Raftar

कार्तिक १७ डडेल्धुरा । डडेल्धुराको पर्यटकिय क्षेत्रका रुपमा रहेको प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाई गरिएको छ । करिब आधा करोड खर्च गरी अलपत्र अवस्थामा रहेको कस्या टाकुरोमा ईसाई धर्मालम्बी जवानहरुले सरसफाई गरेका हुन ।

No data was found

जिल्ला सदरमुकामको अमरगढी नगरपालिका वडा नम्बर ७ पोखरा बजार भन्दा माथिको अग्लो डाडो कस्या टाकुरो हो । जिल्ला सदमुकाम अमरगढी नगरपालिका क्षेत्र, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाको अधिकांस भु–भागसँगै महाभारत पर्वत श्रृङ्खला लगायत डोटी, आछाम, बैतडी र भारतको उत्तराखण्डका विभिन्न स्थानको नांगो आखाले मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।

हरेक दिन, फुर्सद निकालौ एक छिन” भन्ने नारा सहित सरसफाई अभियान सञ्चालन गरिएको ईसाई जवान गणेश श्रेष्ठले जानकारी गराए । कस्या टाकुरो क्षेत्रमा गरिएको मानविय फोहोर र झारपात सङ्कलन गरी जलाइएको उनले बताए ।

परमप्रभु परमेश्वरले मानिसलाई अदानको बगैँचामा लीएर त्यसको गोडगाड र हेरचाह गर्न राखेको उनले बताए । उत्पत्ति २ः१५ पबित्र बाईबलमा उल्लेख महाव वाक्यको अनुसरण गर्दै सरसफाई अभियान सञ्चालन गरिएको उनले बताए ।

प्लाष्टिक जन्य र प्राकृतिक रुपमा पलाएको झाडीको सरसफाई गरिएको बताउदै कस्या डाडोमा प्रवेश गर्ने बाटोमा निर्माण गरिएको फलामे गेटमा रङ रोगन गरिने श्रेष्ठले बताए ।

कस्या टाकुरो क्षेत्रलाई प्राकृति दृश्यवलोकनका लागि उड्यानका रुपमा विकास गर्न अमरगढी नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा पहिलो पटक ७२ लाख रुप?ैयाँ बराबरको बोलपत्र आह्वान गरी केही पक्कि सिंढी, पर्खाल र रेलिंग लगाएको उनले बताए ।

त्यस अघि उपभोक्ता समिति मार्फत नगरपालिकाले ५० हजार रुपैयाँ खर्च गरि बाटोको खाका निर्माण गरेको उनले जानकारी गराए । त्यस यता कस्या टाकुरो क्षेत्र अलपत्र रिेको बताईएको छ । निर्माण गरिएका भौतिक पूर्वाधारका संरचना जिर्णबन्दै गएको उनले बताए ।

अवलोकन कर्ताहरु त्याहा पुग्ने गरेपनि सडक क्षेत्रमा पार्किंग, डाडो क्षेत्रमा बस्न, थकान मेट्न टहरा, चमेना गृह तथा शौचालय नहुदा हैरानी खेप्नु परेको स्थानीय दिपकराज भट्टराईले बताए ।

सदरमुकाम भन्दा १२ किलो मिटर उत्तर तर्फ महाकाली राजमार्गसँगै जोडिएको कस्या डाँडोलाई धार्मिक एवम् दृश्यावलोकन र बनभोज स्थलका रुपमा विकसित गर्न भौतिक पूर्वाधारको काम गरिए पनि २०७८ यता निर्माण गरिएका भौतिक पूर्वाधारहरु जिर्ण बन्दै गएको उनले बताए ।

कस्या डाँडो समुद्रि सतह देखि ६ हजार ५ सय फिट भन्दा बढी उचाईमा रहेको उनले बताए । सदरमुकाममा रहेको ऐतिहांसिक ढुंगे अमरगढी किल्लाको उचाई समुन्द्री सतह देखि ६ हजार ५ फिट मात्रै रहेको बताउदै उनले कस्या डाँडो माथिबाट अमरगढी किल्ला लगायत अन्य थुप्रै स्थानको दृश्य देखिने भएकाले योभन्दा बढी उचाई भएको मान्न सकिने बताए ।

डडेल्धुरामा जिवित सताब्दियौ पुराना धार्मिक तथा ऐतिहासिक स्थानका रुपमा अजयमेरु कोट, अमरगढी किल्ला, उग्रतारा मन्दिर आदीलाई लिइने गरिएको छ । प्राचिन कालमा कस्या टाकुरोमा राजकोट रहेको स्थानिय केशव भण्डारीले बताए ।

टाकुरोमा भौतिक पूर्वाधार निर्माणका क्रममा ढुङ्गाको एउटा ओखल, एउटा सिलउटो र माटोको गांग्राको एउटा टुक्रा भेटिएको उनले बताए । यसले पनि कुनै कालखण्डमा मानव वस्ति रहेको हुनसक्ने अनुमान गरिएको उनले जानकारी    गराए ।

ईतिहास केलाई यथार्थ जानकारी गराउने गरी अभिलेख राख्न सके एवम् दृश्यावलोकनको क्षेत्रका रुपमा सम्बद्र्धन गरी प्रबद्र्धन गर्न सके कस्या डाँडोलाई पर्यटकिय क्षेत्रका रुपमा विकसित गर्न सकिने उनले बताए ।

डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको बोल्याबाँझ मोडबाट कस्या टाकुरोमा पुग्न करिब १५ मिनेटको पैदल उकालो चढ्नु पर्ने उनले बताए ।

भौतिक पूर्वाधारका संरचना निर्माण भए पछि बिहान सूर्याेदय र बेलुकी सूर्यास्तको दृश्य मनमोहक हुने भएकाले अवलोकन कर्ताको सङ्ख्यामा वृद्धि हुँदै गएको भए पनि पछिल्ला वर्षहरुमा आवश्यक अन्य भौतिक पूर्वाधारका संरचना निर्माण हुन नसक्दा अवलोकन गर्नेहरु घट्दै गएको उनले बताए ।

निर्माण गरिएका भौतिक पूर्वाधारका संरचनाहरु पनि जीर्ण हुँदै गएको उनले बताए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ