"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आन्दोलनका क्रममा चोरी गरेका सामानहरु फीर्ता नगरे प्रहरीले खोजी गरि कारवाही गर्ने

No data was found

Khabar Raftar

भदौ ३० धनगढी । भदौ २४ गतेको आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालयबाट लुटिएका र चोरिएका सामानहरु फिर्ता नगरे प्रहरीले कारबाही गर्ने भएको छ ।

प्रहरीले सार्वजनिक सूचना जारी गर्दै फिर्ता गर्न अपिल गरेपछि कैलालीका सरकारी कार्यालयबाट चोरिएका सामाग्रीहरु फिर्ता हुन थालेका भए पनि सामानहरु फिर्ता नगरे प्रहरीले कारबाही गर्ने भएको हो ।

जेनजी युवाहरुले भदौ २३ र २४ गते गरेको विरोध प्रदर्शनका क्रममा चोरी गरिएका सामान नकिन्न पनि व्यापारीहरूलाई प्रहरीले अपिल गरेको छ । सूक्ष्म रूपमा अनुसन्धान भइरहेको भन्दै त्यस्ता सामान कुनै पनि व्यापारीलाई खरिद तथा बिक्री नगर्न नगराउन र सो सम्बन्धमा कुनै सूचना प्राप्त भएमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ ।

भदौ २४ गते भएको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी पछि चोरी गरिएका सामानहरु फिर्ता गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले सर्वसाधारणलाई तोडफोड र आगजनीको क्रममा सरकारी कार्यालय तथा निजी घर तथा पसलबाट लगिएको सामान फिर्ता गर्न अपिल गरेछि सामानहरु फिर्ता आउन थालेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा सामान बुझ्न सशस्त्र प्रहरीलाई खटाइएको छ । हालसम्म ६ थान दराज, १२ थान अफिस कुर्सी, एक सेट सोफा, कम्प्युटर टेबुल, फाइल राख्ने ¥र्याक लगायतका सामान फिर्ता गरिएको छ ।

आन्दोलनका क्रममा प्रदेशमा विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरे पश्चात ती कार्यालयहरूमा रहेका कम्प्युटर, प्रिन्टर, ल्यापटप, दराज, कुर्सी, टेबल, पङ्खा, एसी, ब्याट्री लगायतका जिन्सी, बहुमूल्य वस्तु तथा सराकारी माल समानहरू चोरी तथा लुटपाट गरी बजारमा खरिद बिक्री भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरी वा आवेशमा लिएर घरमा राखिएका सामानहरू स्वेच्छाले बुझाउनेलाई उचित सम्मान गरिने जनाएको छ । तर नबुझाई आफैँसँग राख्ने वा खरिद–बिक्री गर्ने माथि प्रचलित कानुन अनुसार कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण