"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हुलाकी राजमार्गका पाँच वटा पुल निर्माणमा बजेट अभाव

No data was found

Khabar Raftar

भदौ ०५ धनगढी । हुलाकी सडक आयोजना अन्तर्गत बन्न लागेका पाँच वटा पुल निर्माणमा बजेटको अभाव भएको छ । हुलाकी सडक आयोजना कार्यालयका अनुसार पाँच वटा पुल निर्माणमा बजेटको अभाव भएको हो ।

No data was found

धनगढीमा दुई वटा पुल तोकिएको म्यादमा निर्माण सम्पन्न हुन नसक्दा पुल निर्माण सम्पन्न गर्ने म्याद दुई वर्ष थप गरिएको छ । पुलको ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर–१ र २ जोड्ने र वडा नम्बरं १ र ८ जोड्ने खोलामा २५÷२५ मिटर लम्बाइका दुई वटा पुल ३० महिनामा सम्पन्न गर्ने गरी २०७८ फागुन १९ गते ३० आठ करोड २३ लाख ७३ हजारमा मालिका निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो ।

सुरुमा निर्माण कम्पनीले ढिलाइ गरेको र पछिल्ला वर्षमा बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीले जनाएको छ ।

त्यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने डोण्डा नदीमा पुल बनाउन २०७९ असार ५ गते शान्ति निर्माण सेवा प्रालिसँग २०८२ पुस गते सम्पन्न गर्ने गरी ३३ करोड ५५ लाख ३३ हजारमा ठेक्का सम्झौता भएको थियो ।

तीन वर्षमा पुलको दुई पिलर हाल्ने काम मात्रै भएको छ । पुलको ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।

त्यसैगरी कञ्चनपुरको बेलौरी–दैजी खण्डको टिसिएन खोलामा आरसिसि बक्स कल्भर्ट बनाउने ठेक्का पाएको मालिका निर्माण सेवाले तीन करोड १२ लाख ६९ हजारमा २०८० वैशाख १७ गते ठेक्का सम्झौता गरेकोमा ९० प्रतिशत काम सम्पन्न गरेको छ ।

कञ्चनपुरकै अम्खोइया खोलामा आरसिसी बक्स कल्भर्ट निर्माणका लागि २०८० साउन १ गते नीरज भौनेली श्रीयाज जेभीसँग तीन करोड २७ लाख ७६ ठेक्का लिएकोमा ७० प्रतिशत काम सम्पन्न भएको छ ।

ठेक्काको सुरु म्याद २०८१ असोज ३० गते सकिएको कार्यालयले जानकारी गराएको छ । निर्माणाधीन पुलको ठेक्काका लागि थप गरिएको म्याद पनि असारमा सकिएको आयोजना कार्यालय धनगढीका इञ्जिनियर रमेश पन्तले जानकारी गराए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ