भदौ ०३ डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर–५ बागबजारस्थित एउटा सुनचाँदी पसलबाट लागुऔषध सेवन गरी रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेकोे छ ।
No data was found
सोमबार साँझ ८ बजेको समयमा गोप्य सूचनाका आधारमा भैरव नवदुर्गा सुनचाँदी पसल भित्र लागुऔषध सेवन गरिरहेको अबश्थामा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार गोप्य सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा नवदुर्गा गाउँपालिका वडा नम्बर–१ बस्ने २४ वर्षीय सागर सिँजापति र सोही स्थानका २१ वर्षीय डार्बिन रावललाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले उनीहरूको साथबाट ९० मिलीग्राम खैरो हेरोइन जस्तो देखिने लागुऔषध बरामद गरिएको जानकारी गराउदै थप अनुसन्धान भइरहेको जनाएको छ ।
Post Views: 20

