भदौ ०३ कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका शैक्षिक गुणस्तर सुधार गर्न तर्फ लागेको छ । ४ वर्षअघि बेदकोट नगरपालिकाका सामुदायिक विद्यालयको कक्षा १२ को नतिजामा ५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए पछि नगरपालिका शैक्षिक गुणस्तर सुधार गर्न तर्फ लागेकोे हो ।
२०७८ सालको परीक्षामा ५ वटा सामुदायिक विद्यालयबाट ५ सय ९ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा जसमध्ये २८ जना मात्रै ‘सी ग्रेड’मा उत्तीर्ण भएका थिए । ३ वटा विद्यालयको नतिजा शून्य आएको थियो ।
विसं २०७९ पछि नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्य लिएर काम सुरु गरेपछि पछिल्ला ३ वर्षमा सामुदायिक विद्यालयको नतिजामा सुधार भएको छ ।
बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले २०७९ सालमा उत्तीर्ण दर १० प्रतिशत पुगेको बताउदै ग्रेडमा समेत सुधार भएको बताए । २०८० सालमा विद्यार्थीको नतिजामा थप सुधार भइ २९.४ प्रतिशत प्राप्त भएको जानकारी गराउदै उनले उक्त सा
लको परीक्षामा ३ सय ५० जना विद्यार्थी मध्ये १ सय ३ जना उत्तीर्ण भएको बताए । विसं २०८१ को परीक्षामा ४ सय २१ जना विद्यार्थी मध्ये २ सय १५ जना विद्यार्थी उत्तीर्ण भएको उनले बताए । जसमा ‘ए’ ग्रेड ल्याउने विद्यार्थी १७ जना,बी’ ल्याउने ५९ जना, ‘बी प्लस’ ल्याउने १ सय १६ जना र ‘सी’ ग्रेड ल्याउने २० जना रहेको उनले बताए ।
सामुदायिक विद्यालयले उत्तीर्ण दर ५१ प्रतिशत प्राप्त गरेको उनले बताए । २०७९ सालपछि कक्षा १० र कक्षा १२ का विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन गर्न प्रत्येक विद्यानलयलाई पालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।
“सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ३ वर्षमा अत्यन्तै मेहनत गरेको बताउदै नगरप्रमुख बोहराले अहिले गुणस्तरमा उल्लेख्य सुधार भएको बताए । विद्यालयको नतिजा ५ प्रतिशतबाट ५१ प्रतिशतमा पुर्याउन सफल भएको उनले बताए ।
बैजनाथ माध्यमिक विद्यालय जडेपानीका प्रधानाध्यापक नवराज पन्तले विद्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिएको बताए । कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरेकाृ बताउदै प्रधानाध्यापक पन्तले आन्तरिक मूल्याङ्कन र साप्ताहिक अभिभावक भेटघाट अनिवार्य गरेको बताए । यसले अभिभावकलाई समेत जिम्मेवार बनाएको उनले बताए ।

