"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न माग

No data was found

Khabar Raftar

भदौ ०२ धनगढी । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न माग गरिएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–५ स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन सङ्घर्ष समितिले माग गरेको हो ।

No data was found

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई सोमवार ज्ञापनपत्र बुझाउँदै पदाधिकारी नियुक्ति र विश्वविद्यालय सभाको गठनमा पहल गर्न आग्रह गरेका छ ।

विश्वविद्यालय सञ्चालनको विधेयक सर्वसम्मत रूपमा पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण र राजपत्रमा प्रकाशन भइसकेको छ । ऐन कार्यान्वयनमा आइसके पनि हालसम्म विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढेको छैन ।

तीन महिना भित्रमा सभा गठन र बैठक बस्नु पर्ने भएपनि बेवास्ता गरिएको समितिले आरोप लगाएको छ । समितिले चालु आर्थिक वर्षमा चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययनका लागि सिट सङ्ख्या निर्धारण गर्ने प्रक्रिया सुरु गर्न र छ सय शैयाको अस्पताल सञ्चालनका लागि भौतिक संरचनाचहरू तयार भए पनि प्रारम्भिक रूपमा तीन सय श्ययामा अस्पताल सञ्चालन गर्ने तयारी अघि बढाउन विशेष पहल गर्न पनि मुख्यमन्त्री शाहलाई आग्रह गरेको छ ।

ज्ञापन पत्रमा विश्वविद्यालय ऐन राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आइसकेको अवस्थामा हालसम्म विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढ्न नसकेको उल्लेख गरिएको छ ।

कुलपति सम्माननीय प्रधानमन्त्री, सह–कुलपति शिक्षामन्त्री तथा अन्य पदेन सदस्यहरू रहने व्यवस्था भएको यस विश्वविद्यालय सभामा माननीय मुख्यमन्त्री स्वयँ पनि पदेन सदस्य रहने भएकाले उनको विशेष ध्यानाकर्षण गराईएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले प्रक्रिया अघि बढाउन जटिलता देखिएको भए पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए । केहिदिन पहिले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आर्जु राणा देउवा र स्वास्थ्य मन्त्रीसँग छलफल गरेको मुख्यमन्त्री शाहले बताए ।

उनले शिक्षा मन्त्रीसँग फेरि अर्को हप्ता सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विषयमा छलफल गर्ने उनले बताए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ