"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सय दिने कार्यकालमा १ सय २५ मुद्दा दर्ता

No data was found

Khabar Raftar

भदौ ०२ धागढी । इलाका प्रहरी कार्यालय मालाखेती कैलालीमा सय दिनमा १ सय २५ वटा मुद्दा दर्ता भएका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीमा प्रहरी नायव उपरिक्षक रण बहादुर चन्दले कमान्ड सम्हालेको सय दिनको अवधिमा १ सय २५ वटा मुद्दा दर्ता भएका हुन ।

No data was found

मुद्दामा ८० जना पुरुष र १० जना महिलालाई पक्राउ गरिएको छ । प्रहरी नायव उपरिक्षक चन्दले १ सय २५ मुद्दामध्ये १० वटा मुद्दा लागू औषधका दर्ता भएको बताए । उक्त मुद्दामा संलग्न १४ जनालाई पक्राउ गरिएको बताउदै उनले उक्त अवधिमा सार्वजनिक हित विरुद्धको कसुरका १८ वटा मुद्दा दर्ता गरिएकोमा २४ जनालाई पक्राउ गरिएको जानकारी गराए ।

उक्त अवधिमा जबरजस्ती करणीका ७ वटा र जबरजस्ती करणी उद्योगको १ वटा मुद्दा दर्ता भएको जानकारी गराउदै उनले ८ जनालाई पक्राउ गरेको जानकारी गराए । पछिल्लो सय दिनको अवधिमा सबैभन्दा बढी बैङ्किङ कसुरका मुद्दा दर्ता भएको जानकारी गराउदै उनले ३३ वटा मुद्दा दर्ता भएकोमा ५ जना पुरुष र ४ जना महिलालाई पक्राउ गरिएको जानकारी गराए ।

प्रहरीले चोरी मुद्दाका १४ जना आरोपीलाई पक्राउ गरेको जानकारी गराउदै उनले चोरीका ५ वटा मुद्दा दर्ता भएकोमा ११ जना महिला र ३ जना पुरुषलाई पक्राउ गरिएको जानकारी गराए । त्यसैगरी सवारी ज्यानका ५ वटा मुद्दामा ५ जना, बहु विवाहका ३ वटा मुद्दामा ३ जना पुरुष र ३ जना महिला गरी ६ जनालाई पक्रउ गरिएको उनले जानकारी गराए ।

त्यसैगरी सोही अबधीमा १५ जनाले आत्महत्या गरेको मुद्दा प्रहरीमा दर्ता भएको प्रहरी नायव उपरिक्षक चन्दले बताए । त्यैगरी बिस सेवन गरेका २ वटा, आत्महत्या दुरुत्साहनका २ वटा मुद्दा दर्ता भएको उनले बताए । आत्महत्या दुरुत्साहनका २ वटा मुद्दामा २ जनालाई पक्राउ गरेको बताउदै उनले मानव बेचबिखन तथा ओसार पसारको उएटा मुद्दा, फुटकर ज्यानका २ वटा मुद्दा, ज्यान मार्ने उद्योगका १ वटा मुद्दा दर्ता भएको बताए ।

मुद्दाका अभियुक्त पक्राउ नपरेको जानकारी गराउदै उनले कर्तव्य ज्यानको १ र ठगीका २ वटा मुद्दा दर्ता भएकोमा दुवै वटा मुद्दामा १÷१ जनालाई पक्राउ गरिएको बताए । त्यसैगरी जातीय विभेद तथा छुवाछूतको एउटा मुद्दामा १ जना, हातहतियार खरखजनाका २ वटा मुद्दामा २ जना र करेन्ट लागि अङ्गभङ्ग भएको १ मुद्दामा १ जनालाई पक्राउ गरिएको उनले जानकारी गराए ।

पछिल्लो सय दिनको अवधिमा पानीमा डुबेर भवितव्य ज्यान गुमाएका ७ जना, भवितव्य ज्यान गएका ५ जना र चट्याङ लागि भवितव्य ज्यान गुमाएका १ जना गरी १३ वटा मुद्दा दर्ता भएको चन्दले बताए । चन्दले आफ्नो सय दिनको कार्यकालमा ७७ लाख २१ हजार १ सय ५२ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको बताउदै भारतबाट भन्सार छली ल्याइएको उक्त सामान इलाका प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट बरामद गरिएको बताए ।

जेठ १५ गते ४२ लाख ३७ हजार ५ सयका मोबाइलका डिस्प्ले र अन्य पार्टपुर्जा, जेठ ८ गते ६० हजार ५ सयका सुट र कुर्ती, जेठ १७ गते २३ लाख ५ सयको कोट पाइन्टको कपडा, जेठ १९ गते ६ लाख ८ हजारको १६ टन फलाम र असार २० गते ७४ हजार ७ सय ६० रुपैयाँको कुती, सुट, कट्टु र छाता बरामद गरिएको चन्दले बताए ।

त्यसैगरी जेठ २७ गते ५६ हजार ६ सयको धोती, कुर्ती र भाइरल साडी, साउन ९ गते १ लाख १२ हजार ५ सयको ब्लाङ्केट, तन्ना र साउन २५ गते २ लाख ७० हजार ७५० रुपैयाँको सुट, साडी र मोटरसाइकल २ थान बरामद गरिएको प्रहरीले जनाएको
छ ।

चन्द वैशाख २२ गते ईलाका प्रहरी कार्यालय मालाखेतीमा सरुवा भएर आएका थिए । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाको सरुवा भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत चन्द इप्रका मालाखेतीमा सरुवा भएर आएका थिए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ