भदौ ०२ धनगढी । कैलालीको गोदावरी नगरपालिकाका हराएका एक जना बालकको खुटिया खोलामा शव भेटिएको छ ।
आइतबार हराएका गोदावरी नगरपालिका वडा नम्बर– ९ बल्मीका पुष्पराज जोशीका ११ वर्षीय छोरा दीपेन्द्र जोशीको सोमबार खुटिया खोलामा शव भेटिएको हो ।
आईतबार दिउँसो १२ बजे घरबाट खाना खाएर निस्केका दीपेन्द्र घर नफर्किए पछि नदीमा बगेको आशंका गरिएको थियो ।
बालक हराए पछि खोजी गर्ने क्रममा राती बेपत्ता भएका बालकका साथी ११ वर्षीय पारस धामीले ३ जना खुटिया खोलामा नुहाउन गएको र नुहाउने क्रममा दीपेन्द्र हराएको प्रहरीलाई बयान दिएका थिए ।
सोही आधारमा खोजी गर्दा सोमबार बिहान बालकको शव भेटिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक रण बहादुर चन्दले बताए ।
हराएका बालकसँगै ३ बालक खुटिया खोलामा नुहाउन गएको जानकारी गराउदै उनले नुहाउने क्रममा दीपेन्द्र हराएको बताए ।
प्रहरीले आइतबार राती बालक बगेको स्थानमा चप्पल फेला पारेको उनले जानकारी गराए ।

