भदौ ०१ बाजुरा । बाजुराको कोल्टी आधारभूत अस्पताललाई ब्लल्ड बैँक तथा अक्सिजन पलान्टको अभाव हुने गरेको छ । बुढीनन्दा, हिमाली, स्वामिकार्तिक खापरजगनाथ गाउँपालिका र छिमेकी जिल्ला मुगु र हुम्ला लगायतका बिरामीहरू उपचार गर्न आउने कोल्टी अस्पतालमा ब्लल्ड बैँक तथा अक्सिजन पलान्टको अभाव हुने गरेको हो ।
बिरामी हुँदा उपचारका लागि कोल्टीमा आउने गरेका दुर्गम गाउँ बस्तीका स्थानीयलाई ब्लड बैँक तथा अक्सिजन पलान्ट नहुँदा उपचारमा समस्या हुने गरेको छ । बुढीनन्दा नगरपालिकाले अस्पतालमा पछिल्लो समय औषधी कर्मचारीहरू व्यवस्थापन गर्दैै आएको भएपनि ब्लड बैँक तथा अक्सिजन पलान्टको अझै अभाव हुने गरेको कोल्टी अस्पतालले जनाएको छ ।
मुगुको खत्याडकी स्थानीय सुम्मी रोकायाले मुगुको सदरमुकाम टाढा पर्ने भएकाले उपचारका लागि कोल्टी अस्पताल आउने गरेको बताईन । पहिलेका भन्दा अहिले उपचार राम्रो हुने बताउदै उनले पहिला भिडियो एक्सरे गर्न बाहिर जानुपर्नेमा अहिले सबै सेवा अस्पतालमा पाईने गरेको बताईन ।
कहिलेकाहीँ रगतको कमी भएको बेला रगतको आवश्यक पर्ने बताउदै उनले बल्ड बैँक तथा अक्सिजन पलान्टको व्यवस्था भइदिएको भए सहज हुने बताईन । स्वास्थ्य चौकीको रूपमा मात्र सञ्चालन भएको कोल्टी अस्पताल २०६३ साल देखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हुँदै अहिले २०८० वैशाखबाट कोल्टी आधारभूत अस्पतालको रूपमा सञ्चालन भएको हो ।
आधारभूत अस्पताल सञ्चालन गरेसँगै अहिले दुर्गमका स्थानीयलाई उपचारमा निकै सहज भएको अस्पताल प्रशासनका सहायक इन्द्र सुनारले बताए । पहिला भन्दा अहिले नगरपालिकाले व्यवस्था गरेपछि उपचारमा आउने गरेका बिरामीहरूले औषधी ल्याब भिडियो एक्सरेलगायतका राम्रो सेवा पाउन थालेको उनले
बताए ।
मुख्य समस्या भनेको ब्लड बैँक तथा अक्सिजन पलान्टको भएको बताउदै उनले त्यसका लागि प्रदेश तथा सङ्घीय सरकारले केही सहयोग गरिदिए उपचारमा आउने गरेका बिरामीहरूले बाहिर जानु नपर्ने बताए । अहिले कोल्टी अस्पतालमा एक दिनमा झण्डै दुई सय भन्दा बढी बिरामीहरू उपचारका लागि आउने गरेको बताउदै उनले त्यसमा दर्जनौँ भन्दा बढी सुत्केरी महिला आउँने गरेको बताए ।
ब्लड बैँक तथा अक्सिजन पलान्ट नहुँदा उनीहरूलाई उपचार गर्न निकै समस्या हुने गरेको सुनारले बताए । उपचारमा आउने बिरामीहरूलाई आफूले सक्दो प्रयास गरेर सेवा दिने गरेको उनले बताए । कोल्टी आधारभूत अस्पतालका प्रमुख डा. रञ्जित शाहले विशेष खालको उपकरण नभएकोले आवश्यक उपकरण चाहिने बिरामीहरूलाई सेवा दिन समस्या भएको बताए ।
उपचारका लागि आउने बिरामीहरूलाई कहिले रगतको अति आवश्यक पर्ने बताउदै उनले ब्लड बैँक तथा अक्सिजन पलान्टको व्यवस्था नभएकाले समस्या हुने गरेको बताए । अस्पतालमा ब्लड बैँक तथा अक्सिजन पलान्टकोे राम्रो व्यवस्थासंगै दुइ चार जना डाक्टरहरुको ब्याबश्था गर्न सके बिरामीहरूले उपचारका लागि बाहिर जानु नपर्ने डाः शाहले बताए ।

