"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कोल्टी आधारभूत अस्पतालमा ब्लड बैँक र अक्सिजन पलान्ट नहुँदा उपचारमा समस्या

No data was found

Khabar Raftar

भदौ ०१ बाजुरा । बाजुराको कोल्टी आधारभूत अस्पताललाई ब्लल्ड बैँक तथा अक्सिजन पलान्टको अभाव हुने गरेको छ । बुढीनन्दा, हिमाली, स्वामिकार्तिक खापरजगनाथ गाउँपालिका र छिमेकी जिल्ला मुगु र हुम्ला लगायतका बिरामीहरू उपचार गर्न आउने कोल्टी अस्पतालमा ब्लल्ड बैँक तथा अक्सिजन पलान्टको अभाव हुने गरेको हो ।

No data was found

बिरामी हुँदा उपचारका लागि कोल्टीमा आउने गरेका दुर्गम गाउँ बस्तीका स्थानीयलाई ब्लड बैँक तथा अक्सिजन पलान्ट नहुँदा उपचारमा समस्या हुने गरेको छ । बुढीनन्दा नगरपालिकाले अस्पतालमा पछिल्लो समय औषधी कर्मचारीहरू व्यवस्थापन गर्दैै आएको भएपनि ब्लड बैँक तथा अक्सिजन पलान्टको अझै अभाव हुने गरेको कोल्टी अस्पतालले जनाएको छ ।

मुगुको खत्याडकी स्थानीय सुम्मी रोकायाले मुगुको सदरमुकाम टाढा पर्ने भएकाले उपचारका लागि कोल्टी अस्पताल आउने गरेको बताईन । पहिलेका भन्दा अहिले उपचार राम्रो हुने बताउदै उनले पहिला भिडियो एक्सरे गर्न बाहिर जानुपर्नेमा अहिले सबै सेवा अस्पतालमा पाईने गरेको बताईन ।

कहिलेकाहीँ रगतको कमी भएको बेला रगतको आवश्यक पर्ने बताउदै उनले बल्ड बैँक तथा अक्सिजन पलान्टको व्यवस्था भइदिएको भए सहज हुने बताईन । स्वास्थ्य चौकीको रूपमा मात्र सञ्चालन भएको कोल्टी अस्पताल २०६३ साल देखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हुँदै अहिले २०८० वैशाखबाट कोल्टी आधारभूत अस्पतालको रूपमा सञ्चालन भएको हो ।

आधारभूत अस्पताल सञ्चालन गरेसँगै अहिले दुर्गमका स्थानीयलाई उपचारमा निकै सहज भएको अस्पताल प्रशासनका सहायक इन्द्र सुनारले बताए । पहिला भन्दा अहिले नगरपालिकाले व्यवस्था गरेपछि उपचारमा आउने गरेका बिरामीहरूले औषधी ल्याब भिडियो एक्सरेलगायतका राम्रो सेवा पाउन थालेको उनले
बताए ।

मुख्य समस्या भनेको ब्लड बैँक तथा अक्सिजन पलान्टको भएको बताउदै उनले त्यसका लागि प्रदेश तथा सङ्घीय सरकारले केही सहयोग गरिदिए उपचारमा आउने गरेका बिरामीहरूले बाहिर जानु नपर्ने बताए । अहिले कोल्टी अस्पतालमा एक दिनमा झण्डै दुई सय भन्दा बढी बिरामीहरू उपचारका लागि आउने गरेको बताउदै उनले त्यसमा दर्जनौँ भन्दा बढी सुत्केरी महिला आउँने गरेको बताए ।

ब्लड बैँक तथा अक्सिजन पलान्ट नहुँदा उनीहरूलाई उपचार गर्न निकै समस्या हुने गरेको सुनारले बताए । उपचारमा आउने बिरामीहरूलाई आफूले सक्दो प्रयास गरेर सेवा दिने गरेको उनले बताए । कोल्टी आधारभूत अस्पतालका प्रमुख डा. रञ्जित शाहले विशेष खालको उपकरण नभएकोले आवश्यक उपकरण चाहिने बिरामीहरूलाई सेवा दिन समस्या भएको बताए ।

उपचारका लागि आउने बिरामीहरूलाई कहिले रगतको अति आवश्यक पर्ने बताउदै उनले ब्लड बैँक तथा अक्सिजन पलान्टको व्यवस्था नभएकाले समस्या हुने गरेको बताए । अस्पतालमा ब्लड बैँक तथा अक्सिजन पलान्टकोे राम्रो व्यवस्थासंगै दुइ चार जना डाक्टरहरुको ब्याबश्था गर्न सके बिरामीहरूले उपचारका लागि बाहिर जानु नपर्ने डाः शाहले बताए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ