हरेक कुराले गरिब तथा विपन्न परिवारलाई बढि असर गर्ने गरेको छ । गरिवी होस अथवा बाढिपहिरो, डुबान, हरेक कुराले गरिब तथा विपन्न परिवार बढि पीडित हुने गरेका छन । भूमिहीन सुकूम्बासीहरुका समस्या झन विकराल बन्दै गएका छन । नदी किनारमा, होचो क्षेत्रमा बसाएका कारण उनहिरुको बढी विचल्ली भएको छ ।
हुन त प्रकृती प्रकोपले धनी र गरिव भन्दैन तर पनि धनीको तुलनामा गरीवसंग केही नहुने भएकाले उनीहरु बढी पीडित हुने गरेका छन । खोला किनारका छोपडीहरु, जंगल किनारका झोपडीहरु र गहिरो खल्ला क्षेत्रका झुपडीहरु गरिव विपन्न तथा सुकुम्बासीहरुका भएकाले बर्षातको समयमा उनीहरुले बढी पीडा थेग्नु परेको छ ।
जुनसुकै नदी र खोलाकिनारका झुपडीहरु अरू कसैका नभई भूमिहीन सुकुम्बासीका हुन् भन्ने कुरा सहजै आ“कलन गर्न सकिन्छ । संविधानले सबैलाई आवासको अधिकार दिएको भए पनि राज्यले बसाएका सुकुम्बासीहरु पनि नदी किनारमा बस्न बाध्य छन । नदीमा आएको बाढीले बगाएर लैजाने डरले हरेक बर्ष उनीहरु त्रासमा बा“च्ने गरेका छन ।
कतीपय क्षेत्रमा डुबाएर विचल्ली बनाएको छ । बाढीपीडतका समस्या प्रति संवेदनशील भएर राज्यले उनीहरुको उद्धार गरी राहत दिन जरुरी छ । बाढीले क्षति पु¥याउने स्थानको पहिचान गरी स्थानान्तरण गर्न जरुरी छ ।
राज्य बाढी पीडितहरुका समस्या प्रति गम्भिर हुन जरुरी छ । कञ्चनपुरको दोधारा चा“दनी, कैलालीको भजनी बाढी प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षीत बासको ब्याश्था गर्न जरुरी छ । हरेक बर्ष विद्यालयमा बस्नु पर्ने र अन्न पात गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्न जरुरी छ ।
विस्थापित परिवारलाई सम्बन्धीत निकायले उचित ब्याबश्था गर्न जरुरी छ । बाढीले विस्थापित भएका उनीहरुलाई खान पीउन देखि सबै कुराको ब्याबश्था गर्न आवश्यक छ । हरेक बर्ष बाढीका कारण विश्थापीत हुने समस्याको समाधान खोज्न जरुरी छ । यस्ता थुप्रै बाढिपीडितका समस्याहरु समाधान गर्न सरकार जिम्मेवार बन्न जरुरी छ ।

