"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शुक्लाफाँटाको वनसमिति–कसरौल सडक रुखका कारण जोखिमपूर्ण

No data was found

Khabar Raftar

साउन ३० कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नगर गौरवको योजना चक्रपथको उत्तरतर्फको सडक खण्ड अन्तर्गत पर्ने वनसमिति–कसरौल सडक सुकेका रुखका कारण जोखिमपूर्ण बनेको छ । सडकको दायाँ, बायाँ सुकेका साल, असनाका रुख भएका कारण वनसमिति–कसरौल सडक जोखिमपूर्ण बनेको हो ।

No data was found

गुडिरहेका सवारीसाधन र पैदलयात्रु माथि जुनसुकैबेला पनि रुखका हाँगा अथवा रुख खसेर दुर्घटना हुन सक्ने खतरा रहेको छ । स्थानीय रतनलाल रानाले सडकमा पैदल हिँड्दै गरेका स्थानीय ६० वर्षीय फिरुवा रानाको सुकेको रुखको हाँगा लागेर केही वर्ष अघि मृत्यु भएको बताए ।

विद्यार्थी बोकेर जाँदै गरेको स्थानीय विद्यालयको बसमाथि सुकेको रुख खसेको जानकारी गराउदै उनले बसमाथि रुख खसे पनि मानवीय क्षति भने केही नभएको उनले बताए । त्यसैगरी स्थानीय रामदिन रानाको गाई, गोरु बाँधेको गोठमाथि रुख खसेर गोठमा क्षति पुगे पनि बस्तुभाउ जोगिएको उनले जानकारी गराए ।

गत वर्षमात्रै दानु रानाको घरको कुना तोड्दै रुख खसेको बताउदै उनले धन्न घर र घरभित्रै रहेका परिवारका सदस्य जोगीएको बताए । सुकेका रुखका कारण दुर्घटना निम्तिन थालेपछि सडकमा हिँड्न डराउनु पर्ने अवस्था रहेको उनले बताए । पुराना सुकेका जीर्ण भएका रुख जुनसुकै बेला पनि खस्न सक्ने भएकाले हटाउनु पर्ने पूर्व वडाध्यक्ष जगता रानाले बताए ।

“विगतमा सुकेका रुखकै कारण मानवीय क्षति भइसकेको बताउदै उनले हावाहुरी चलेका बेला, चट्याङ परेका बेला र वर्षात्का बेला ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने बाध्यता भएको बताए । जाने अर्को वैकल्पिक सडक नभएको बताउदै उनले जोखिम मोलेर हिँड्नुपरेको बताए ।

सडक छेउमा घर भएकाले कुनबेला रुख खसे। मरीने हो भन्ने चिन्ताले सताउने गरेको उनले बताए । स्थानीय जहरसिंह रानाले गाडी चल्ने बेला रुख खसेर दुर्घटना हुने सम्भावना भएको बताउदै पैदल यात्रुको टाउकामा कुनबेला रुखका हाँगा र रुख बजारिने हो कुनै पत्तो नभएको बताए ।

हावाहुरी चलेका बेला त्यो सडक भएर हिँड्नु भनेको ज्यान जोखिममा पार्नु भएको बताउदै उनले त्यही भएर वर्षात् र हावाहुरीका बेला त्यो सडक भएर हिँड्न छाडेको बताए । सडक छेउका जीर्ण रुख व्यवस्थापन गरिदिनका लागि माग गरेको भए पनि सुनुवाई नभएको उनले बताए ।

वनसमिति देखि कसरौल सम्मको डेढ किलोमिटर सडक कालो पत्रका लागि पूर्वाधार विकास कार्यालयले तीन करोडमा ठेक्का सम्झौता गरेको शुक्लाफाँटा नगरपालिकाका इञ्जिनियर दिपक धाँमीले बताए । सुकेका जीर्ण रुख व्यवस्थापन नभई कार्य सञ्चालन गर्न कठिन भएको बताउदै उनले सडक स्तरोन्नति देखि कालोपत्र सम्मका लागि वातावरण अध्ययन र डिपिआर निर्माणको कार्य भएको बताए ।

सुकेका रुख काट्ने अनुमति अहिले सम्म नपाएको बताउदै उनले अनुमतिका लागि नगरपालिकाले पहल गरिरहेको जानकारी गराए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले निकुञ्ज सम्बद्ध मन्त्रालयसँग कटानी आदेशका लागि पत्राचार गरिएको उनले जानकारी गराए ।

वडाध्यक्ष दानसिंह ऐरले वनसमिति–कसरौल सडक वडा नम्बरं ६, ७ र ८ तर्फ जाने मुख्य सडक भएको बताए । वडा कार्यालय, स्वास्थ्य चौकी र खानेपानी लगायत कार्यालय जाने मुख्य सडक पनि त्यही भएको उनले बताए । सुकेका रुख व्यवस्थापनका लागि निकुञ्जसँग समन्वय गरेको बताउदै उनले वन मन्त्रालयको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकन गरिसकेको बताए ।

समस्या लिएर मन्त्रालय सम्म पुगेको बताउदै उनले सडक छेउका १ सय ५ रुख हटाउनु पर्ने देखिएको बताए । त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणका लागि निकुञ्ज कार्यालयले स्थलगत प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेश गरेको उनले जानकारी गराए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ