"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराका महिला राडिपाखा संरक्षणमा

No data was found

Khabar Raftar

साउन ३० बाजुरा । बाजुराको गौमुल गाउँपालिकाका महिलाहरु राडीपाखाको संरक्षणमा जुटेका छन । परम्परागत सीपलाई संरक्षण गर्दै व्यावसायिक रूपमा आत्मनिर्भर बन्न वर्षौँदेखिको राडीपाखी उत्पादनलाई निरन्तरता दिन महिलाहरु राडीपाखाको संरक्षणमा जुटेका हुन ।

गौमुल गाउँपालिका वडा नम्बर–१ माडीकी मैना बोहराले आफ्नै घरमा राडीपाखी बुनिरहेको बताईन । बोहराले राडीपाखी बिक्रीबाट घरखर्च चलाउन सहज हुने मात्र नभई राम्रो आम्दानी हुनुकासाथै संरक्षण पनि हुने बताईन ।

गौमुलका महिलाहरू व्यावसायिक रूपमा राडीपाखी उत्पादनतर्फ आकर्षित भइरहेको उनले बताईन । माडी मात्र होइन,गाउँपालिकाका अधिकांश बस्तीमा महिला, वृद्ध तथा अन्य स्थानीयले पनि भेडापालन गर्दै ऊन उत्पादन गरी राडीपाखी, कम्बल, फेरुवा लगायतका सामग्री बनाउने गरेको उनले बताईन ।

कृषि खेतीबाट मात्रै पर्याप्त आम्दानी नहुँदा स्थानीयले मुख्य पेशाका रूपमा भेडापालन र जडीबुटी सङ्कलनलाई अपनाएको उनले बताईन । भेडाको ऊनबाट स्थानीय पहिरन, लिउ, फेरुवा, पाखो, कम्बल जस्ता वस्तु उत्पादन गरिने बताउदै बोहराले गाउँमा उत्पादन हुने बोल्या, कम्बल, पाखी स्थानीय बजारमा दुई देखि दश हजार रुपैयाँसम्म बिक्री हुने बताईन ।

भेडाको ऊन र अल्लो भांगोको धागा निकालेर बुनाई गर्दा धेरै मेहनत लाग्ने बताउदै उनले आत्मनिर्भर हुन पेशा उपयुक्त भएको बताईन । गाउँपालिकाकी अर्की उद्यमी कला रोकायाले एउटा बोल्ेल्या वा कम्बल बनाउन कम्तीमा १० देखि ३५ दिन लाग्ने बताईन ।

‘राडीपाखी व्यवसाय झन्झटिलो भए पनि राम्रो आम्दानी दिने स्रोत भएको बताउदै उनले आफ्नो घरमै भेडापालन र धागा उत्पादन गर्न सके यो पेशा अझै फस्टाउने
बताईन । समयसँगै मानिसको जीवनशैली र रोजाइमा परिवर्तन आएकाले यस्ता परम्परागत सीप र सामग्री लोप हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरिन ।

विदेशी कपडाको बढ्दो प्रयोग र चरन क्षेत्रको अभावले भेडापालन र राडीपाखी व्यवसाय सङ्कटमा परेको उनले बताईन । एक दशक अघि ग्रामीण क्षेत्रमा व्यापक रूपमा भेडापालन हुने गरेको सुनाउदै उनले भेडाको मासु, दूध र घ्यूबाट पनि किसानले राम्रो आम्दानी गर्ने गरेको बताईन ।

भेडाको दूध, गाई–भैँसीको भन्दा पोषिलो मानिने बताउदै उनले घ्यू औषधीय रूपमा प्रयोग हुने भएकाले यसको महत्व ग्रामीण क्षेत्रमा अझै भएको बताईन । चरन क्षेत्र घट्दै जाँदा धेरै भेडापालक किसान भेडीगोठ खाली गर्न बाध्य भएको बताउदै उनले जसको प्रत्यक्ष असर परम्परागत राडीपाखा पेशामा परेको बताईन ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण