साउन ३० कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी–चवन्नी सडक खण्डका सालका रुख हटाईएको छ । बेलडाँडी गाँउपालिका सहित दुई वटा बजार जोडने बेलडाँडी–चवन्नी सडक खण्डका सालका रुख हटाइएको हो ।
बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले गाँउपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सडकमा पर्ने रुख हटाई सहयोगका लागि पत्राचार गरेपछि निकुञ्जले काट्ने अनुमती दिएको बताए ।
विच सडकमा सालका रुख हटाउन कानुनी प्रकृया झन्झटले अधिल्लो स्थानीय सरकाले रुख नहटाएरै कालोपत्रे गरेको बताउदै उनले अहिले स्थानीय सरकारले सडकका रहेका रुख हटाएरै सडक विस्तारको योजना ल्याएको बताए ।
बेलडाँडी गाविस, नगरपालिका र अहिले गाँउपालिकामा परिणत भएपछि मात्रै सडकका रुख हटाउने काम भएको उनले बताए । विच सडकमा रुख हुुँदा पैदल यात्रु देखि ठुला सवारी साधनलाई आवत जावतमा समस्या हुने गरेकोमा अब सहज हुने उनले बताए ।
०८२ जेठ २८ गते बेलडाँडी गाँउपालिका एव विपद व्यवस्थापन समितिले बेलडाँडी बजार देखि चवन्नी बजारसम्म सडकमा पर्ने जोखिमयुक्त ८ वटा रुख हटाउनका लागि दिएकोे निवेदनका आधारमा निकुञ्ज प्रशासनले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरको संयोजकत्वमा गठित समितिले २०८२ साउन १५ को निर्णय अनुरुप जोखिमयुक्त रुख हटाउने निर्णयसंगै सडकमा रहेका रुख हटाउन लागेको बताए ।
पालिकाले पटक–पटक विभाग मार्फत सम्बन्धित निकायलाई कटानीका लागि सिफारिस गर्दै आएकोमा अहिले काम भएको उनले जानकारी गराए ।
बस्ती विस्तारका क्रममा झण्डै पाँच दशक अघि जंगल काटेर बेलडाँडीमा सट्टाभर्ना दिईएको भए पनि सडकका रुखहरु काटन भने सकिएको थिएन ।


