साउन २८ धनगढी । धनगढीको उपमहानगरपालीका वडा नम्बर १२ जुगेडामा रजश्वला भएकी महिलाहरुले चर्पी समेत प्रयोग गर्न नपाउने गुनासो एक कार्यक्रमका सहभागीहरुले गरेका छन । मानव अधिकार प्रवर्धनमा धार्मिक तथा सामाजिक अभियन्ताहरूको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम्का सहभागीहरुले रजश्वला भएकी महिलाहरुले चर्पी समेत प्रयोग गर्न नपाउने गुनासो गरेका हुन ।
विहीबार दलित महिला संघ (ँभ्म्इ) कैलालीले कैलालीको धनगढी उपमहानगरपालीका वडा नम्बर १२ जुगेडामा ओजना गरेको दलित र महिलाहरुको मानव अधिकार प्रवर्धनमा धार्मिक तथा सामाजिक अभियन्ताहरूको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले जातीय विभेद कम, छाउपडी विभेद बढी भएको गुनासो गरेका हुन ।
“समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद“ भन्ने मुल नारका साथ दलित र महिलाहरुको मानव अधिकार प्रवर्धनका लागी धार्मीक तथा सामाजिक अभियन्ताहरुसंग गरिएको अन्र्तक्रिया कार्यक्रममा सहभागी विमला केसीले रजश्वला भएकी महिलाहरुले अहिले पनि घरको शौचालय प्रयोग गर्न नपाएको गुनासो गरिन । घरमा एउटै शौचालयका भएका महिलाहरुले अहिले पनि शौच गर्न बाही।
खुल्ला क्षेत्रमा जानु पर्ने बाध्यता रहेको उनले सुनाईन । खासगरी पहाडी जील्लाहरुबाट बसाई सरी आएका महीलाहरुले यस्तो समस्या झेल्नु परेको उनले सुनाईन । जातीय विभेद खासै नभएको बताउदै उनले छाउपडी प्रथा कायमै रहेको बताईन । महिलाहरुलाई पानी बाहीर राखेर शौचालयको ढोका प्रयोग गरी सकेपश्चात सुक्नका लागी खुल्ला छाड्न अनुरोध गर्दा सम्म नमानेको उनले बताईन ।
उनले मन्दिरमा प्रजा गर्न जादा समेद दलित गैर दलित भनेर कुनै विभेद नहुने बताईन ,। त्यसैगरी स्थानीय रामलाल जोशीले,जातीय भेदभाव गर्नु हुँदैन र छाउपडी प्रथा मान्नु हुँदैन भन्ने सोचको विकास हुँदै गएको बताउदै जातीय विभेद कम मात्रामा भए पनि छाउपडी विभेद बढी हुने गरेको बताए । आफु सिद्धनाथ मन्दिरको पूजारी भएको बताउदै उनले आफुले अहिले सम्म सबैलाई समान दृष्टिले हेरेको बताए ।
मन्दिर भित्र कसैले प्रबेश नपाउने बताउदै उनले बाहुन दलित सबैले ल्याएको पूजा सामाग्री चढाउने गरेको बताए । जातभात मान्नु हुँदैन, समाजलाई बलियो बनाउन सबै मानव एक हुन भन्ने चेतनाको विकास गर्नु पर्ने बताउदै उनले रानैतिक पार्टीहरुले देश विगारेको बताए । त्यसैगरी भलभन्सा टिकाराम चौधरीले जातीय विभेद चौधरी समुदायमा नभएको बताउदै छाउपडी जातीय विभेद केही नहुने बताए । यस्ता कुरितीजन्य संसकारका विरुद्ध सबैले एक भएर लाग्नु पर्ने उनले बताए ।
त्यसैगरी वडा सदस्य ईन्द्रामया तामाङले जातजातीमा केही नभएको बताउदै सबै भन्दा ठुलो मानवता भएको बताईन । जनजातीले जातीय भिेद र छाउपडी केही नमान्ेने बताउदै उनले आफुले समाजमा जातीय विभेद गरेको देख्दा दुख लाग्ने गरेको बताईन । अहिलेको २१ औ शताब्दीमा त्यती साह्रो जातीय विभेद नभएको पनि अबश्ेस समेत नरहनेगरी नीर्मुल पार्नु पर्ने बताईन ।
मत जातीय विभेद मान्दीन बुवा आमाले गर्दा हो भन्ने सोचलाई हटाउनु पर्ने बताउदै उनले सुरुबात आफैबाट गर्नु पर्ने बताईन । छाउपडी नमान्ेने महिलाहरुले पनि मन्दिरमा जान नसकेको बताउदै उनले त्यसलाई तोड्न सके मात्र छाउपडी नमानेको पुष्टि हुने बताईन ।
त्यसैगरी दलित महिला संघ (ँभ्म्इ) कैलालीका कार्यक्रम संयोजक विनोद घिमीरेले महिलाहरुले खेप्नु परेको विभिन्न हिंसाका बारेमा आफ्नो प्रस्तुती राखेका थिए । लैङगीक विभेद र जातीय विभेद हटाउन सरकारले ठुलो लगानी गरेको भए पनि प्रतिफल आउन नसकेको उनले बताए ।

लैङगीक विभेद र जातीय विभेद हटन नसकेकाले दिगो विकासका लक्षयहरुमा समेत असर परिरहेको उनले बताए । नेपालले १८ वटा अन्र्तराष्ट्रिय महासन्धीहरुमा हस्ताक्षर गरेको बताउदै उनले दिगो विकासको लक्षय प्राप्त गर्न सबैखाले हिंसा र विभेदको अन्त्य गरिनु पर्ने बताए । नेपालमा सबै भन्दा बढी एक बर्षमा देशभरी घरेलु हिंसाका १९ हजार ६ सय ९१ वटा उजुरी परेको बताए । जसमा १ हजार ९ सय ८३ जना दलित महिलाहरुले उजुरी दर्ता गराएको जानकारी गराए ।
त्यसैगरी बलात्कारका १ हजार ८६ वटा उजुरी मध्ये १ यि ७६ जना दलित महिलाहरुले बलात्कारको उजुरी दिएको जानकारी गराए । यसरी हिंसा बढ्दै गएकाले धार्मीक तथा सामाजिक अभियन्ता सचेत भएर यसको न्यूनीकरणका लागी लाग्नु पर्ने बताए । मानविय धर्म सबै भन्दा ठुलो धर्म भएको बताउदै उनले सती प्रथा र देउकी प्रथा हटे पनि जाती प्रथा हटन नसक्नु दुखद विषय भएको बताए । जातीय विभेद हटाउन सबैले एकजुट भएर लाग्नु पर्ने उनले बताए ।
कार्यक्रमका सभापती,दलित महिला संघ कैलालीका अध्यक्ष तथा केन्द्रिय सदस्य सविना सुनारले रगत चल्ने पानी नचल्ने अबश्थाको अन्त्य गरिनु पर्ने बताईन । जातीय विभेद जस्ताको त्यस्तै भएको बताउदै उनले सबै नागरिकले असल नागरिक बनेर मान्छेले मान्छेलाई सम्मान गर्नु पर्छ भन्ने चेतनाको विकास गर्नु पर्ने बताईन । धनगढी उपमहानगरपालीका र गौरीगंगा नगरपालीकामा समुह बनाएर छलफल गरेर स्थानीय तहसंग सम्न्वय सहकार्य गरेर संस्थाले चेतनाको स्तर बढाउने काम गर्दै आएको बताईन ।
सबैखाले विभेदको अन्त्यका लागी चेतनाको स्तर बढाउनु पर्ने बताउदै उनले कुरामात्र गर्ने ब्यावहारमा लागु नगर्ने संस्कारलाई बदल्नु पर्ने बताईन । माान्छेको सोच अहिले पनि परिबर्तन हुन नसकेको बताउदै उनले लैङगीक हिंसा र जातीय विभेदको जड पुरातन सोच भएको बताईन ।
दलित जात नभई समुदाय भएको बताउदै उनले जातीय विभेद विरुद्ध, लैङगीक हिंसा विरुद्ध सबैले आवाज उठाउनु पर्ने बताईन । कार्यक्रमको सञ्चालन संस्थाकी सामाजीक परिचालिका कुसुम विसीले गरेकी थिईन ।


