साउन २९ धनगढी । कैलालीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
No data was found
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर–३ कुचैनी शिविर बस्ने ४६ वर्षीय लोकेश सुर्जा मगरलाई १८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको
हो ।
मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्याल कैलालीले जानकारी गराएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी गराए ।
Post Views: 30

