साउन २९ दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्न समस्या भएको छ । सरकारले सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरणका लागी सम्बन्धीत ब्याक्तिको बायोमेट्रिक प्रमाणीकरण गरेर मात्र नवीकरण गर्नुपर्ने व्यवस्था गरेपछि वडाहरुमा ईन्टरनेट सुविधा नहुँदा नविकरण गर्न समस्या भएको हो ।
वडा नम्बर १ का सचिव शेरसिंह खडायतले इन्टरनेट विना बायोमेट्रिक सम्भव नभएको बताउदै समयमै इन्टरनेट नचल्दा ज्येष्ठ नागरिकले वडामा आएर समस्या मात्र भोग्नुपरेको बताए । एकातिर दोहोरो वडाको जिम्मेवारी भएको बताउदै उनले अर्कोतिर इन्टरनेट नभएकाले सेवाग्राहीले सेवा नदिएको गुनासो मात्रै गर्ने गरेको बताए । समस्याबारे स्थानीय सरकारले समयमै चासो नलिएको खडायतले गुनासो गरेका छन ।
सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरणका लागी नागरिक दिनहुँ वडामा पुगेर फर्किन बाध्य भएको शैल्यशिखर वडा नम्बर ७ का वडा सचिव भुपेन्द्रप्रसाद जोशीले बताए । वडामा राम्रो ल्यापटप कम्प्युटर र इन्टरनेट नभएको बताउदै उनले सेवाग्राहीको दिनहुँ भीड लाग्ने गरेको बताए ।
मोबाइल नेटवर्कको स्थिति पनि दयनीय भएको बताउदै उनले “नेटवर्कका लागि कार्यालय बाहिर मोबाइल झुण्ड्याएर काम गर्नुपर्ने अबश्था भएको बताए । दुईवटा मोबाइल खस्दा बिग्रिसकेको बताउदै जोशीले कम्प्युटर, ल्यापटप र इन्टरनेट भए मात्र सेवा प्रभावकारी हुने बताए ।
गत वर्षसम्म चिठीपत्र पठाउन मोबाइलमा रिचार्ज हालेर डाटा प्रयोग गर्ने गरेको बताउदै सचिव जोशीले मोबाइलबाट डाटा चलाएको रकम समेत बेरुजु आएको बताए । यस्तो अवस्थामा वडाले ज्येष्ठ नागरिकको बायोमेट्रिक प्रणालीबाट कसरी कामगर्न सक्छ, उनले प्रश्न गरे ।
डाटा चलाउँदा पाँच हजार खर्च भएको बताउदै वडा सचिव जोशीले नगरपालिकाले वडासम्म इन्टरनेट पहुँच पु¥याउन नसकेको बताए । वडा नम्बर ४, ५, ७ र ८ मा डाटा समेत राम्रो सँग नचल्ने बताउदै उनले नौ वटा वडामध्ये अन्य वडामा समेत डाटाले राम्रोसँग काम नगरेको बताए ।
वडा कार्यालय भित्र मोबाइल नेटवर्क समेत नआउने उनले जानकारी गराए । नेटवर्कका लागि कार्यालयको बाहिर मोबाइल झुण्ड्याएर काम गर्नुपरेको जोशीले बताए । दुईवटा मोबाइल नेटवर्कका लागि झुण्डयाएकै अवस्थाम खसेर बिग्रिसकेको बताउदै उनले कार्यालयमा काम गर्न कम्प्युटर, ल्यापटप र इन्टरनेट भएमात्रै सेवा प्रभावकारी हुन सक्ने बताए ।
त्यसैगरी वडा नम्बरं २ का सचिव मनोरथप्रसाद भट्टले पनि इन्टरनेट नचल्दा सेवाग्राहीलाई समयमै सेवा दिन नसकिएको बताए । “बुढा आमाबुबालाई बोकेर कार्यालय ल्याउँदा पनि सेवा नदिएर फर्काउनु पर्ने अवस्था भएको उनले बताए । काम गरौंभन्दा पनि इन्टरनेटले काम नगर्दा समस्या भोग्नुपरेको उनले बताए । नगरपालिकाका एमआइएस अपरेटर राजमती खडायतले वडा नम्बर ४, ५, ७ र ८ मामोबाइल डाटा पनि नचल्ने बताईन ।
अन्य वडामा भने थोरै मात्र काम हुने अवस्था भएको बताउदै उनले “अहिलेको समयमा इन्टरनेट विना कुनै पनि काम सम्भव नभएको बताईन । वडाको काम प्रभावकारी बनाउन र समयमै सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण गराउन आउने सेवाग्राहीको वायोमेट्रिक विवरण अपलोड गर्न वडामा इन्टरनेट र ल्यापटप तुरुन्तै उपलब्ध गराउनुपर्ने उनले बताईन ।
ईन्टरनेटको समस्याले गर्दा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने अवस्था आउने उनले बताईन । नगरपालिकाका सूचना अधिकारी भोजराज भट्टले वडासचिवले इन्टरनेटको समस्याबारे पटक पटक कुरा उठाएको बताए । वडामा भौतिक पूर्वाधार समस्या विस्तारै कम हुँदै गए पनि इन्टरनेट, ल्यापटप लगायतका उपकरणको समस्या समाधान नभएको बताउदै उनले समस्याबारे कार्यपालिका बैठकमा जानकारी गराउने बताए ।
नगर प्रमुख विजयसिंह धामीले नेपाल टेलिकमसँग इन्टरनेटको समस्या समाधानका लागि आग्रह गरे पनि समाधान नभएको बताए । नगरपालिकाले सबै वडामा फाइबर नेटवर्क तान्न सक्ने अवस्था नभएको बताउदै उनले निकै महङ्गो भएकाले प्राइभेट इन्टरनेट जडान गरे पनि प्रभावकारी नभएको बताए ।
अझै पनि वडामा इन्टरनेटको विकल्प खोजी भइरहेको बताउदै उनले ल्यापटप अभावबारे आफूलाई जानकारी नभएको बताए । नगर प्रमुख धामीले ल्यापटप नभएको विषय सामान्य भएको बताउदै कार्यालय सञ्चालन खर्चबाट कर्मचारीले पनि खरिद गर्न सक्ने बताए ।


