"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हिनता बोधलाई त्यागौ, आत्मगत रुपमा बलीयो बनौ

No data was found

Khabar Raftar

सबै भन्दा बढी हिनताबोध कसैलाई हुन्छ भने त्यो दलितलाई हुन्छ । समाजको कुनामा बसेर आफुलाई कम्जोर ठान्ने दलित समुदायको पुरानै कमजोरी हो । त्यो अहिले पनि समाजमा अबशेकिा रुपमा कहीले काही देख्न सकिन्छ । हिनताबोधकै कारण दलित समुदाय पछाडी पर्दै आएको छ ।

No data was found

थिचोमीचो सहदै आएको छ र जातीय विभेदको शिकार बन्दै आएको छ । त्यसैले दलित समुदाय आत्म निर्भर र आत्मगत रुपमा बलीयो बन्न जरुरी छ । जातीय विभेदका सवालमा र अधिकार प्राप्तीका सवालमा खरो बन्न जरुरी छ ।

शासक बर्गको फुटाऔ र राजगरको नितिअनुरुप दलित समुदायलाई एक हुन दिएको छैन । दलितहरु एकजुट हुन नसकेकैकारण आत्मगत रुपमा बलीयो हुन सकेका छैनन । त्यसैले एकलै एकलै आन्दोलनको ढोग फुक्दै हिडी रहेका छन । भनिन्छ एकले थुकी सुकी सयले थुकी बगी ।

एक की भारी सयकी लाठी । एक जनाले एकलैले केही गर्न सकिदैन भनेर राम्रोसंग बुझेका दलित समुदायका नेता भनाउदाहरुले एकलै एकलै आन्दोलन गर्नुको कुनै तुक छैन । साच्चीकै मुक्ति चाहेको हो भने जातीय विभेदको अन्त्य चाहेको भने सबै भन्दा पहिले दलित समुदाय एक हुन जरुरी छ ।

मुक्तीको मार्ग प्रसस्त गर्न जरुरी छ । हचुवाको भरमा होईन योजना बनाएर निति बनाएर एकताकासाथ काम गर्न जरुरी छ । शदियौ बर्ष देखि दासताको जन्जीरमा बाधीएका दलित समुदायले अन्याय अत्याचार उत्पिडन सहेर बाच्नु परेको छ ।

त्यो उत्पीडनलाई सहदै आएका दलित समुदायका युवाहरुमा कसैले मुक्तिको आशा देखाएमा उत्साहित हुने कुरा स्वभाविक हो । दलित समुदायले आफ्नो मुक्ती स्वतन्त्रताको लागि एक भएर संघर्ष गरेको इतिहास छैन ।

विभिन्न रानैतिक दलहरुका स्वार्थका कारण दलित समुदायले आफ्नो मुक्ति संघर्षलाई अगाडी बढाउन सकेका पनि छैनन । नेपाली जनताको सकृय सहभागितामा भएको जनआन्दोलनले ल्याएको परिवर्तनको स्वाद समेत दलित समुदायले चाख्न नपाएको अबश्था छ ।

आथिर्क सामाजिक र सांस्कृतीक रुपमा पछाडी पारिएका दलितहरूको पहु“चका लागी ल्याईएको समाबेशीता र समानुपातीक समेत नेताहरुका आसेपासेका लागी बन्दै गएको छ । २१ औ शताब्दीमा पनि छुवाछूतको अमानवीय पीडा सहनु परेको छ । त्यसैले दलितहरु एकताबद्ध भएर लडन जरुरी छ ।

आधिकार प्राप्त गर्न र मान्छे भएर बाच्न जरुरी छ । राजनैतिक दलहरुलाई दलित समुदाय प्रति जवाफ देही बनाउन कुनै पार्टीका झोले नभई दलित समुदायको बास्तविक मुक्तिदाता भएर लाग्न जरुरी छ ।

सबैलाई मुक्ति चाहिएको हो भने एकताबद्ध भएर आन्दोलनको आधीबेहोरी सृजना गर्न जरुरी छ । सधै अरुका लागी लड्ेका दलित समुदायले अब एक पटक आफ्ना लागी लड्न जरुरी छ । मुक्तीको स्वास फेर्न र सम्मानीत जीवन जीउन पाउने गरी आन्दोलनलाई अगाडी डो¥याउन जरुरी छ ।

दलित समुदायले यस विषयमा गम्भिर हुन जरुरी छ । छलफल र वहस गरि राष्ट्रको मुल प्रवाहमा दलित समुदायलाई पुर्याउन सक्ने विचार सिद्धान्तको निर्माण गर्न जरुरी छ । विचार र सिद्धान्त विनाको संघर्षले उपलब्धी हासिल गर्न सकिदैन भन्ने कुरा बुझन जरुरी छ । विचार र सिद्धान्तमा अडिग भएर हिनताबोधलाई त्यागेर आत्मगत रुपमा बलीयो हुन जरुरी छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ