"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अवैध रुपमा भित्र्याईरहेको वन लसुन सहित एक जना महिला पक्राउ

No data was found

Khabar Raftar

साउन २७ दार्चुला । दार्चुलामा अबैध रुपमा भित्र्याई रहेको वनलसुन सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

No data was found

दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर–४ सिप्टी बस्ने ३१ वर्षिया धाना धामीलाई वनलसुन सहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले हिमाली जडीबुटी वन लसुन भारतबाट अवैधरुपमा नेपाल ल्याउने क्रममा धामीलाई पक्राउ गरिएकोजानकारी गराए ।

सदरमुकाम खलङ्गास्थित नेपाल–भारत जोड्ने पुलमा सुरक्षार्थ खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनलाई पक्राउ गरेको उनले जानकारी गराए ।

सोमबार बेलुकी प्रहरीले धामीको साथबाट पाँच किलोग्राम वन लसुन बरामद गरेको रावतले जानकारी गराए ।

सङ्कलन पुर्जी (अनुमति पत्र) बिना भारतबाट नेपाल भित्र्याइरहेको वन लसुन सहित ती महिलालाई पक्राउ गरी हिरासतमा राखिएको उनले बताए ।

सदरमुकाम क्षेत्र वन कार्यायलको क्षेत्रमा पर्ने भएका कारण ती महिलालाई आवश्यक प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय दार्चुलाको जिम्मा लगाइने प्रहरी निरीक्षक रावतले बताए ।

डिभिजन वन कार्यालय दार्चुलाका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले राजस्व दाखिला गरी सङ्कलन अनुमति लिएर मात्रै वन लसुनको सङ्कलन तथा ओसार पसार गर्न पाइने जानकारी गराए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ