साउन २७ कञ्चनपुर । कृष्णपुर नगरपालिका वडा नम्बर३ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।
७१ लाख ५० हजार २ सय ४ रुपैयाँ २८ पैसाको लागतमा निर्माण हुन लागेको प्रशासनिक भवनको मंगलबार शिलान्यास गरिएको हो । मंगलबार नगर प्रमुख हेमराज ओझाले भवनको शिलान्यास गरेका हुन ।
वडा कार्यालय भवन समयमै गुणस्तरीय रूपमा सम्पन्न हुने आशा गरेको उनले बताए । नगर प्रमुख ओझाले भवन निर्माण सम्पन्न भए पछि वडा कार्यालयको सेवा प्रवाह अझ सहज र प्रभावकारी हुने बताए ।
स्थानीय वासीको सक्रिय सहयोग र निगरानीले निर्माण कार्यमा पारदर्शिता र गुणस्तर कायम रहने उनले बताए ।
वडाध्यक्ष चौधरीले वडा क्षेत्रमा आधारभूत पूर्वाधार निर्माणमा प्राथमिकता दिइएको बताउदै भवन स्थानीय प्रशासनिक कार्यको केन्द्र बन्ने र जनताको सेवा सुविधामा टेवा पु¥याउने बताए ।
भवन निर्माणको जिम्मा श्रीषा एण्ड समायारा कन्स्ट्रक्सन प्रा.लि, गोदावरी–१ अत्तरिया, कैलालीले पाएको उनले जानकारी गराए । निर्माण कार्य २०८२ चैत ३० गते सम्म सम्पन्न गर्ने समय सिमा रहेको उनले जानकारी गराए ।
भवन शिलान्यासमा वडा सदस्यहरू, समाजसेवी बलराम पन्त, स्थानीय बुद्धिजीवी तथा नगरवासीहरूको उपस्थिति रहेको थियो ।

