"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लैङगीक हिंसा र जातीय विभेदको अन्त्यका लागी मानसिक सोच बदल्न जरुरी छ ः जिसस प्रमुख भुल

No data was found

Khabar Raftar

साउन २७ धनगढी । जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टिका भुल चौधरीले लैङगीक हिंसा र जातीय विभेदको अन्त्यका लागी परम्परागत मानसिक सोच बदल्न जरुरी भएको बताएकी छिन ।

मंगलबार दलित महिला अधिकार मञ्च धनगढी कैलालीले आयोजना गरेको लैगिक हिंसा, बालविवाह तथा हानिकारक परम्परा बिरुद्ध बनेका कानुन कार्यान्वयनको अवस्था, चुनौती र समाधानका उपायहरु बिषयक जिल्ला स्तरिय सम्बाद कार्यक्रम्मा बोल्दै उनले यस्तो बताएकी हुन ।

मानवताको नाताले हरेकले सचेत नागरिकको भूमीका निर्बाह गर्न सके महिला हिंसा, जातीय विभेद र कुरितीजन्य हानीकारक परम्पराहरुको अन्त्य गर्न सकिने कार्यक्रमकी प्रमुख अथिती भुलले बताईन ।

अरुको आलोचना नगरी आफुबाट सुरुबात गर्न सके यस्ता समस्याहरुको सहजै निराकरण गर्न सकिने बताउदै प्रमुख अतिथी भुलले विषयगत कानुनको जानकारी समेत हुन जरुरी भएको बताईन । संविधानको धारा १६ देखि ४६ सम्म मौलीक हकका विषयमा जानकारी राख्न सके पनि महिला हिंसा र जातीय विभेद न्यूनीकरण गर्न सहयोग पुग्ने उनले बताईन ।

पुरुषलाई मात्र दोष दिनु भन्दा एउटा महिलाले अर्को महिलालाई हिंसा गर्ने काम भई रहेकाले महिला आफैले पनि सचेत हुनु पर्ने बताउदै उनले सबैखाले हिंसा, जातीय विभेद, बाल विबाह र हानीकारक परम्परालाई न्यूनीकरण गर्न कानुनको जानकारी सहित सबैले सक्रीय भएर लाग्नु पर्ने आवश्यकता भएको बताईन ।

त्यसैगरी कार्यक्रमका अतीथि जिल्ला अदालत कैलालीका श्रेस्तेदार दिवान सिह लोहारले अदालत अधिकार बहाली गराउने अन्तिम निकाय भएको बताउदै राज्यका सबै निकायहरुलाई न्यायपूर्ण बनाउन जरुरी भएको बताए । कानुनी राज्यको निर्माण गर्न सबैको भूमीका अहम भएको बताउदै उनले कानुनी अस्पष्टतालाई स्पष्ट बनाउन पनि आवश्यक भएको बताए ।

अदालतमा जस्को पहुँच हुनु पर्ने हो त्यसको पहुँच अझै पुग्न नसेकेको बताउदै उनले विचौलीयाहरुको पहुँचले पीडितहरुको पहुँच पुग्न नसकेको बताए । न्याय सम्पादनलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक भएको बताउदै उनले सूचना प्रविधीको विकास भई सकेकाले धेरै कुराहरु आफै पनि गर्न सकिने बताए । त्यसैगरी कार्यक्रमकी सभापती तथा दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमीरेले कानुनको अज्ञानता क्षम्य नहुने बताईन ।

कानुनको ज्ञान छैन भनेर गरिने महिला हिंसा, जातीय विभेद र बालविबाह जस्ता कसुरहरु क्षम्य नहुने बताईन । राज्यको अङग नागरिक पनि भएको बताउदै अध्यक्ष घिमीरेले राज्यलाई मात्र दोष दिनु भन्दा नागरिक पनि सचेत हुनु पर्ने बताईन । लैङगीक हिंसा र हानीकारक प्रथा विरुद्ध कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुन जरुरी भएको बताउदै उनले अन्धा धुन्द काम गरीरहेको अबश्थामा कानुनको जानकारी राख्न जरुरी भएको बताईन ।

सविधानको धारा र कानुनको सम्पूर्ण जानकारी राख्न नसके पनि सामान्य जानकारी हुन जरुरी भएको उनले बताईन । नागरिक समाजले उठाउने सवालहरुको वकालात गर्दै आएको बताउदै उनले अझै न्यायमा सहज पहुँच पुग्न नसकेको  बताईन । दुर्गमको विभेदमा परेको, हिंसामा परेको महिलाले सहज रुपमा न्याय पाउन भनेर उनीहरुको पक्षमा वहस पैरवी गर्दै आएको बताउदै अध्यक्ष घीमीरेले कानुन महङगो नभए पनि हुँदै आएको बताईन ।

पीडितलाई न्याय दिने कुराको ग्यारेन्टी गर्न जरुरी भएको बताउदै उनले यस विषयमा सबैले सचेत भएर लाग्नु पर्ने बताईन । त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख प्रकाश भट्टले नेपालको संविधान र मौजुदा कानुनका विषयमा जानकारी गराएका थिए । उनले संविधानले ब्याबश्था गरेका नागरिकका विषयमा प्रत्यक्ष सरोकार राख्ने धारा १६ देखि ४७ सम्म जानकारी गराएका थिए ।

उनले तीनै तह संघ, प्रदेश र स्थानीय तहका सरकारको मानव अधिकार् र् बाल अधिकारको सुनिश्चितता गर्ने दायित्व भएको बताए । संघको ७५ वटा विषयहरुसंग सरोकारका क्षेत्रमा मानव अधिकार र वाल अधिकारको सुनिश्चिता गर्ने दायित्व रहनेको उनले जानकारी गराए ।

त्यसैगरी प्रदेशका ६१ वटा विषयहरुसंग सरोकारका क्षेत्रमा मानव अधिकार वाल अधिकारको सुनिश्चिताको दायित्व रहेको जानकारी गराए । स्थानीय तहको– ३७ वटा विषयहरुसंग सरोकारका क्षेत्रमा मानव र अधिकार वाल अधिकारको सुनिश्चिता गर्ने दायित्व रहेको उनले बताए ।

त्यसैगरी संघसंस्था र सरोकारवाला निकायहरुको पनि उत्तीकै दायीत्व भएको उनले बताए । त्यसैगरी दलित महिला अधिकार मञ्चकी कार्यक्रम बयाबश्थापक सृजना पराजुलीले कार्यक्रम बारे जानकारी गराएकी थिईन भने कार्यक्रमको सञ्चालन विमला कठायतले गरेकी थिईन ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण