"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अत्तरिया उद्योग वाणिज्य संघको विवाद,फेरि चर्कियो

No data was found

Khabar Raftar

असार २२ धनदगढी । कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको विवाद फेरी चर्किएको छ । अदालतको आदेश पश्चात् केही समय शान्त बनेको संघको विवाद अध्यक्ष कल्याण सिंह बोहराले व्यवसाय नवीकरणका लागि सूचना जारी गरेपछि फेरी चर्किएको हो ।

अध्यक्ष बोहराले संघका साधारण सदस्यहरूको सदस्यता नवीकरण गर्न बाँकी रहेको भन्दै साउन ५ गते सम्मको मिति तोकेर सदस्यता नवीकरण गर्नका लागि सूचना जारी गरेपछि अध्यक्ष बोहराको नाममा जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी परेको छ ।

अदालतले कुनै पनि काम कारबाही गर्न नपाउने भनि आदेश जारी गरेको अबश्थामा त्यसको उल्लंघन गर्दै अध्यक्षले व्यवसाय नवीकरणका लागि सूचना जारी गर्नु गलत भएको नाम उल्लेख नगर्ने सर्तमा संघका एक निवर्तमान पदाधिकारीले बताए ।

संघका ११ जना सदस्यले राजीनामा दिइसकेको अवस्थामा संघको विधान बमोजिम पदाधिकारीको पदपूर्ति गराउनु भनि उच्च अदालत दिपायलबाट आदेश आउँदा समेत अध्यक्षले मनोमानी गरिरहेको उनले बताए । ‘अदालतको फैसला बमोजिम हालसम्म मिलेर आउनु भन्ने बाहेक अन्य कुनै काम हुन सकेको छैन ।

ती पदाधिकारीले भने ‘तर अध्यक्षज्यूले भने निर्णय समेत नगरी आफूखुसी सदस्यता नवीकरण गराउने, नयाँ सदस्यता वितरण गर्ने, आफूखुसी भित्र भित्रै संस्थाको रकम हिनामिना गर्ने जस्ता कार्य अहिले पनि गरिरहनु भएको छ ।’ उनले यस्ता कार्य तत्काल रोक्नका लागि नै प्रशासनमा उजुरी परेको बताए । उनले संघमा हाल नवीकरण भएका सदस्यहरूको मात्रै भेला गरी उक्त भेलाबाट नयाँ समिति गठन गरिनुपर्ने बताए ।

‘यसरी नयाँ सदस्यता वितरण गर्ने हो भने पुरानै अवस्था आइहाल्छ, फेरी आफ्ना मान्छेहरूलाई सदस्यता दिनतर्फ लागिहाल्छन्’ उनले भने ‘त्यसैले त्यसो नगरी अदालतले भने अनुसार हाल आबद्ध रहेका तथा नवीकरण भएका सदस्यहरूको भेला गरी त्यही भेलाबाट नयाँ समितिका लागि आवश्यक प्रक्रिया थालिनुपर्दछ ।’

संघका अध्यक्ष कल्याण सिंह बोहराले भने आफूले अदालतको आदेश अनुसार काम गरिरहेको बताएका छन् । उनले अदालतले विधान बमोजिम पदाधिकारी पदपूर्ति गर्ने आदेश दिएको र आफूले सोही अनुसार गरिरहेको बताए ।

‘अदालतको आदेश संघको विधान बमोजिम आवश्यक कामकारबाही गर्नुपर्ने भन्ने हो, मैले विधान अनुसार साधारण सभा गर्न खोजिरहेको हु’ उनले भने ‘साधारण सभा त्यसै हुँदैन, सदस्यता त चाहियो नि ।’ उनले कसैले निहुँ खोज्नका लागि उजुरी हाल्ने काम गरेको बताए ।

अत्तरियामा २०८० पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालित सुदूरपश्चिम महोत्सवको आठौँ दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए । त्यही विषयमा संघका पदाधिकारीहरू दुई भागमा विभाजित बनेपछि विवादले अझ उग्र रूप लिएको थियो ।

संघ भित्रकै दुई समूह बिचको विवाद चरम उत्कर्षमा पुगेपछि संघका एक समूहका ११ जना पदाधिकारीहरूले २०८१ मंसिर ५ गते राजीनामा दिएका थिए । अध्यक्ष बोहराले त्यसको केही समयपछि माघ १ गते ६ जनालाई सदस्यमा मनोनीत गरेपछि मुद्दा उच्च अदालत दिपायल सम्म पुगेको थियो ।

उच्च अदालतले विधान विपरीत नियुक्त गरेको भन्दै मनोनीत गरेका ६ जनाको पद बदर गरेको थियो भने अध्यक्ष र जिल्ला प्रशासन कार्यालय कैलालीलाई विधान बमोजिम संस्था सञ्चालनका लागि कामकारबाही अघि बढाउन आदेश जारी गरेको थियो । महोत्सवमा भेटिएका नक्कली टिकट ठेलीबाट विवादित बनेको अत्तरिया उद्योग वाणिज्य संघको विवाद अझै सुल्झिन सकेको छैन ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न