"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

No data was found

Khabar Raftar

जेठ ०४ धनगढी । चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्ने धनगढीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । मौन अवधिमा सबैभन्दा बढी खर्च हुने भएकाले घटाउनु पर्नेमा उनीहरूले जोड दिएका हुन ।

इन्टरनेसनल आइडियाले आयोजना गरेको कार्यक्रममा निर्वाचन खर्च घटाउन सबै तहको एकसाथ निर्वाचन गराउनु पर्ने, उम्मेदवार छनौटमा ध्यान दिनुपर्ने लगायतका विषयमा उनीहरूले सुझाव दिएका छन ।

चुनावमा हुने खर्चले महिलाको राजनीतिक प्रतिनिधित्व घटाइरहेको उनीहरुले बताएका छन । प्रदेश सभा सदस्य जानकी ऐर बमले पैसाको बार्गेनिङ गरेर टिकट माग्ने परिपाटी मौलाएको बताउदै महिलालाई टिकटको कुरा उठ्ने बित्तिकै आर्थिक कुरा जोडेर पछाडि हट्न दबाब आउने गरेको बताइन् ।

पार्टी वा नेताहरूले आर्थिक जोहो गर्न सक्ने वा नसक्ने भनेर सोध्ने गरेको उनले बताईन । अर्का प्रदेश सभा सदस्य खेमादेवी विष्टले महिलालाई राजनीति गर्न धेरै कठिन भएको बताईन ।

त्यसैगरी प्रदेश सभा सदस्य लक्ष्मी विकले महिला र दलितलाई टिकट दिनु भनेको हार्नलाई दिनु हो भन्ने मानसिकता रहेको बताइन् । त्यसैगरी, निर्णायक मतमा पनि पैसा बाँड्ने प्रतिस्पर्धा हुने गरेको उनीहरुले बताउका छन ।

टिकट पाउन देखि लिएर चुनावी प्रचार प्रसारमा होडबाजी, कार्यकर्ता खुसी राख्न उनीहरूलाई नास्ता, खाना लगायत गर्दागर्दै चुनावको क्रममा अत्यधिक खर्च हुने गरेको बताउदै उनीहरुले जसले गर्दा महिला प्रतिनिधित्व घटिरहेको बताएका छन ।

स्थानीय तहको निर्वाचनमा अझ बढी खर्च हुने गरेको बताउदै कार्यक्रका सहभागीहरुले २०७४ कोभन्दा पनि २०७९ को निर्वाचनमा अझ बढी खर्च बढेको बताएका छन । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष भक्तराज सुनारले तीन वटा चुनाव जितेको अनुभव सुनाउँदै २०५४ सालमा कुनै पनि खर्च नगरी चुनाव जितेको बताए ।

२०७४ मा मोबाइल खर्च सबैलाई दिएको बताउदै उनले २०७९ मा कार्यकर्तालेसँगै घुमेको भन्दै घर चलाउन खर्च माग्न थालेको बताए । पुनर्वास नगरपालिकाका उपप्रमुख भुलियादेवी रानाले आत्मनिर्भर भएर महिलालाई राजनीति गर्न कठिन रहेको बताउदै आत्मनिर्भर भएर महिलालाई राजनीति गर्न गाह्रो भएको बताईन । कार्यक्रम्मा उक्त विषयमा मानुषी एमी भटराईले आफ्नो प्रस्तुती प्रस्तुत गरेकी थिईन ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन