बैशाख २७ धनगढी, । जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा पत्रकारिता तथा सूचना प्रविधि तालिम धनगढीमा सुरु भएको छ । शनिबार नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीको प्रमुख आथित्यतामा पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु भएको हो ।
तिन दिने तालीमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी भरत सीले तालिममा सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा प्रशिक्षण दिइने अपेक्षा गरिएको बताउदै सीमामा निगरानीको चुनौती पार गर्दै तालिममा सहभागी बनेका प्रशिक्षार्थीहरू र डिग्री हासिल गरेका प्राज्ञिकहरूको सहभागिता गौरवको विषय भएको बताए ।
सबैभन्दा बढी सूचना र ज्ञान भएको स्थानमा नेतृत्व पनि केन्द्रित हुने बताउदै उनले पूँजीवादले जानकारीलाई ज्ञान मानेको बताए । माक्र्सवादले त्यसलाई दृष्टिकोण सहित बुझ्ने आधार मानेको बताउदै उनले आत्मनिर्भर नेतृत्वको अभावलाई भ्रष्ट्राचारको मुख्य जड ठहर गर्दै पार्टी र नेताहरूलाई आत्मनिर्भर बनाउन नेकपाले भूमिका खेलिरहेको बताए ।
यस प्रकारका तालिम अभियानहरूले आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताउदै उनले देशले अबको नेतृत्वको प्रतीक्षा गरिरहेको बताए । देशल े राजनैतिक संकट झेलीरहेको बताउदै उनले प्रचण्ड, ओली , देउवा र माधवले नयाँ विचार, नयाँ कार्यशैली सहित अगाडी बढीरहेका विप्लवलाई नेतृत्व सुम्पीनु पर्ने बताए ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका पोलीट ब्युरो सदस्य विकल्प सीले शुभकामना मन्तव्य दिँदै पत्रकारिता चौथो अंग नभई “पहीलो अङ्ग” को रुपमा चित्रण गरिनु पर्ने विचार राख्दै प्रगतिशील पत्रकारिता मार्फत देश र जनताको पक्षमा विचार निर्माण गर्न सकिने बताए ।
मिडियालाई चौथो अङ्ग भनिए पनि मेरो नजरमा पाइलो अङ्ग हो”“पत्रकारिताले देशको राजनीति र सामाजिक रूपान्तरणमा निर्णायक भूमिका खेल्छ , उनले भने । जनपत्रकार संगठन नेपालका अध्यक्ष दर्शन सीले तालिमको महत्त्व प्रस्ट्याउँदै सूचना प्रविधिसँग समाज, संस्कृति, राजनीति सबै जोडिएको वर्तमान युगमा वैज्ञानिक र प्रगतिशील पत्रकारिता अनिवार्य रहेको बताए ।
नेपालमा समाजवादको क्रान्ति सम्पन्न गर्न सूचना प्रविधिलाई प्राथमिकतामा राखेको बताउदै उनले मिडियालाई जनताको आवाज र समस्यालाई सरकार सामु पु¥याउने पुलको रूपमा स्थापीत गरिनु पर्ने बताए । कार्यक्रममा केन्द्रिय सदस्यहरु समर सी , प्रकाश सी, विमल सी, कमल सी, विनोद सी, आहृवान सी, सीताराम सी, वसन्त सी, ममता सी र पासाङ सी लगायतको उपस्थिति रहेको थियो ।
तीन दिनसम्म चल्ने तालिममा नेकपा सुदूरपश्चिमका विभिन्न ९ जिल्लाका दुई दर्जन प्रशिक्षार्थीहरुको सहभागिता रहको छ । तालिम वैशाख २९ गतेसम्म चल्ने बताईएको छ । उद्घाटन कार्यक्रम्मा सहभागी सबैलाई जनपत्रकार संगठन नेपालकी केन्द्रीय सदस्य पुष्पा साँउदले स्वागत गरेकी थिईन भने कार्यक्रमको अध्यक्षता तथा संचालन जनपत्रकार संगठन नेपालका केन्द्रिय सचिबालय सदस्य तथा सुदूरपश्चिम संयोजक धीरज प्रपालाले गरेका थिए ।



