"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुस्तश्रवण भएकालाई रोजगारी पाउन समस्या

No data was found

Khabar Raftar

बैशाख २३ धनगढी । सुदूरपश्चिममा पहिलो पटक सुस्तश्रवण अपाङ्गताको समस्याबारे दुईदिने तालिम सम्पन्न भएको छ । तालिमका सहभागीले काम गर्ने योग्यता, सिप र जाँगर भए पनि सुस्तश्रवण कम सुन्ने भएकाले रोजगारी पाउन र रोजगारी पाए पनि टिकिरहन समस्या हुने गरेको गुनासो गरेका छन् ।

सुस्तश्रवण भएका व्यक्तिले राम्ररी कान नसुन्ने भएका कारण उनीहरूसँग घरपरिवारका व्यक्ति तथा समाजका व्यक्ति बोल्न नखोज्ने, तिनका कुरा नबुझेर सोधेमा रिसाउने, झर्किने गरेको उनीहरुले गुनासो गरेका छन । त्यसैगरी उनीहरूले राम्ररी सुन्न नसकेका कारण विद्यालय तथा उच्चस्तरको शिक्षा लिन पनि समस्या भोग्नु परेको बताईएको छ ।

सुस्तश्रवण भएकै कारण विद्यालयस्तरको शिक्षा लिनमा कठिनाइ भएपछि आफूले चाहेर पनि शिक्षा लिने अवसरबाट वञ्चित हुनु परेको कैलालीको कैलारीकी नीलम चौधरीले गुनासो गरिन । त्यस्तो अवस्थामा आफूले शैक्षिक योग्यता प्राप्त गर्न नसकेको र चाहे अनुसारको रोजगारीमा सहभागिता हुन पनि कठिनाइ भइरहेको उनले बताईन ।

यस्ता समस्याले आफुले काम गरीरहेको होटेलबाट निकालिएको धनगढी उपमहानगरपालिका वडा नम्बर–२ सन्तोषी टोलका परिवर्तन कोइरालाले गुनासो गरे । धनगढीकै एक प्रख्यात होटेलमा वेटरका रूपमा काम गर्ने गरेको बताउदै उनले काम गर्ने योग्यता, सिप र जाँगर भए पनि सुस्तश्रवण कम सुन्ने भएकाले रोजगारी पाउन र रोजगारी पाए पनि टिकिरहन समस्या हुने गरेको बताए ।

अपाङ्गता अधिकार ऐन, २०७४ मा अपाङ्गताको परिभाषामा समावेश गरेको परिभाषा अनुसार सुन्नका लागि श्रवणयन्त्र प्रयोग गर्नुपर्ने वा ६५ देखि ८० डेसिबल सम्मको ध्वनि सुन्न सक्ने व्यक्तिलाई सुस्तश्रवण अपाङ्गता भनिएको छ । सुस्तश्रवण अपाङ्गता भएका व्यक्तिमा पनि कतिपयलाई श्रवणयन्त्र, साङ्केतिक भाषा तथा ‘क्याप्सनिङ’ को आवश्यकता हुन्छ ।

‘क्याप्सनिङ’ भनेको अरूले भनेको कुरालाई कम्प्युटरमा लेखेर अगाडि स्क्रिनमा देखाउनु हो तर समाजमा सर्वसुलभ रूपमा यस्ता व्यवस्थाको विकास हुन नसकेको राष्ट्रिय अपाङ्ग महासङ्घकी केन्द्रीय सदस्य समेत रहेकी संस्थाका अध्यक्ष भट्टराईले बताए ।

बहिरा सङ्घ कैलाली र राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेशको समन्वयमा यस्तो समस्यामा भएकाको समूह गठन गरिएको अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेशका सचिव नरदीप धामीले बताए । परिवर्तन कोइरालाको अध्यक्षतामा १३ सदस्यीय समूह गठन गरिएको उनले बताए ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण