संसार सम्बृद्धी तर्फ अगाडी बढीरहेको अबश्थामा नेपालले भने आर्थिक सम्बृद्धीको नारमै अल्झिएको छ । सुखी नेपाली सम्बृद्ध नेपालको नारा देख्दा सुन्दर भए पनि नेपालको अर्थतन्त्र कम्जोर बन्दै गएको स्पष्ट हुन्छ । देश जस्तोसुकै समस्यामा भए पनि नेताहरु भने मालामाल बन्नै पर्ने अबश्था नेपालमा छ ।
त्यसैले भ्रष्टाचार मौलाउदै गएको छ । आर्थिक अभावका कारण बजेटहरु कटौती हुन थाले पनि नेताहरु जिम्मेवार बन्न नसकेको अबश्था छ । सरकारले राजस्व संकलनलाई र रेमीट्यान्सलाई मात्र आम्दानीको स्रोत बनाएको छ । बाकी अन्य देशबाट सापटी लीएर देशलाई चलाउने संस्कार बसाउदै गएको छ ।
सरकारकै कारण देशले आर्थिक संकट झेल्नु पर्ने अबश्था देखा पर्न थालेको छ । सरकारी खर्च बढेको बढेई छ भने आम्दानी सुन्य जस्तै छ । आलोपालो सरकार चलाउने आसेपासेहरु पाल्ने कार्यमै राज्यको करोडौ रकम दुरुपयोग हुने गरेको छ ।
ब्यापार ब्याबसाय पनि मन्द रहेकाले राजस्व संकलनको लक्षय पनि प्राप्त हुन नसकेको अबश्था छ । देशको यस्तो अबश्था देखेर संसदमा संघियता खारेजको विषय पनि उठन थालेको छ । विगत देखि पुँजीगत खर्च न्यून हुने नेपालमा संघिय सरकार गठन पछि झनै ब्यभार थपीदै गएको छ ।
पटक पटक अन्य देशहरुबाट ऋण लिएर देश चलाउनु पर्ने अबश्था छ । सरकार र सरकार सञ्चालकहरुले ऋण लिने र देशलाई डुबाउने काम बन्द गर्न जरुरी छ । महंगीको मार खेप्दै आएका जनतालाई बैदेशिक श्रmृणको भारी बोकाउने काम बन्द गरिन आवश्यक छ ।
सरकार सञ्चालकहरुले कमीशनको खेलमा लागेर देशलाई बर्बादी तर्फ धकेल्ने काम बन्द गर्न जरुरी छ । नारामै सिमित,आर्थिक सम्बृद्धीलाई ब्याबहारीकतामा देखाउन जरुरी छ ।

