"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

No data was found

Khabar Raftar

चैत्र १२ धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सदस्यका लागि प्रदे शसरकारले ल्यापटप खरिद गर्ने भएको छ । प्रदेश सभा सचिवालयले ४३ जना प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप गरिद गने भएको हो ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले प्रदेश सभा सदस्यको कामकारबाहीलाई सहज र प्रविधिमैत्री बनाउनका लागि प्रदेश साढे ३१ लाख ८२ हजार ६ सय ४५ रुपैयाँमा नयाँ ल्यापटप खरिद गरी दिने जानकारी गराए । लेनेभोको आई–५ एसेसोरिज भएको ४३ थान ल्यापटप खरिदका लागि फर्म समेत छनौट गरिसकेको उनले जानकारी गराए ।

ल्यापटप खरिदका लागि माघ १५ गते बोलपत्र आह्वान गरिएको जानकारी गराउदै उनले आठ वटा बोलपत्र दर्ता भएकोमा सबैभन्दा कम अङ्क कबोल गर्ने धनगढीकै उग्रतारा ट्रेडिङ एण्ड सप्लायर्सको बोलपत्र छनौट भएको जानकारी गराए ।

उक्त फर्मले मूल्य अभिवृद्धि कर सहित ३१ लाख ८२ हजार ६ सय ४५ रुपैयाँमा ४३ थान ल्यापटप उपलब्ध गराउने कबोल गरेको उनले जानकारी गराए । बोलपत्र छनौट भइसकेकाले चाँडै ल्यापटप खरिद हुने बताए ।

सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा १० जना सरकारमा रहेका छन । मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री बाहेकका प्रदेश सभा सदस्यका लागि प्रदेश सभा सचिवालयले नयाँ ल्यापटप खरिद गर्न लागेको उनले जानकारी गराए ।

यसअघि, अघिल्लो प्रदेश सभाका सदस्यलाई पनि ल्यापटप दिइएको थियो । प्रदेश सभा सचिवालयले आई–३ एसेसोरिज भएको लेनेभोकै ४६ थान ल्यापटप खरिद गरेर आफ्ना सदस्यलाई दिएको थियो ।

उक्त ल्यापटप पुरानो भएको र धेरैजसो नचल्ने भएको बताइएको छ । त्यसैगरी, कतिपय प्रदेश सभा सदस्यले ल्यापटप फिर्ता नगरेको पनि जानकारी गराइएको छ । पाँच वर्षे कार्यकाल सकिए पछि धेरैजसोले प्रदेश सभालाई ल्यापटप फिर्ता गरे पनि १२ जनाले अहिले सम्म ल्यापटप फिर्ता नगरेको जैसीले जानकारी गराए ।

पुरानो ल्यापटपको कतिपयको डिसप्ले गएको बताउदै उनले केही नचल्ने भएको र चलेकाहरु पनि ढिलो चल्ने गरेको बताए । अघिल्लो पटक खरिद गरिएको ल्यापटप पुरानो जेनेरेसनको रहेको र धेरैजसो नचल्ने भएकाले समयानुसार नयाँ जेनेरेसनको ल्यापटप खरिद गर्न लागिएको जैसीले बताए ।

प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप खरिद गर्ने कार्य अगाडि बढाए पछि पहिलेको ल्यापटप हुँदाहुँदै फेरि ल्यापटप खरिद गर्न थालेको भन्दै विरोध पनि भएको छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत