चैत्र १२ धनगढी । गोदावरीमा सवारी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ तेघरी आर्मी ब्यारेक नजिक सुदूरपश्चिम प्रदेश ०१–००७ प ९२८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भइ दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका वडा नम्बर २ तेघरी बस्ने मनोजबहादुर मल्ल र दार्चुलाको मालिकार्जुन गाउँपालिकाकी सुनीता बोहरा घाइते भएका हुन ।
घाइते दुबै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतिले जानकारी दिएको छ ।
त्नयसैगरी गोदावरी नगरपालिका वडा नम्बर ५ गेटा मेडिकल कलेज नजिक सुदूरपश्चिम प्रदेश०२००१ ज ०५४९ नम्बरको विङ्गरलाइ सुदूरपश्चिम प्रदेश०१–०१२ प ९९२१ प ९९२१ नम्बरको मोटरसाइकले पछाडीबाट ठक्कर दिँदा ४० र ४५ वर्षीय २ परुष घाइते भएका े प्रहरीले जानकारी दिएको छ ।
घाइते दुबै जनाको नवजिवन अस्पताल धनगढीमा उपचार भरहेको प्रहरीले जानकारी दिएको छ ।