चैत्र १२ बैतडी । जिल्ला अस्पताल बैतडीमा दैनिक स्वास्थ्य परीक्षण गर्न आउने विरामीहरुमा नसर्ने दीर्घरोग देखिन थालेको छ । एक सय मध्ये २० जना मानिसमा मधुमेह, उच्च रक्तचाप लगायत नसर्ने दीर्घरोग देखिन थालेको हो ।
स्वास्थ्य परीक्षण पछि चिकित्सकले स्वस्थ खानपान गर्न सुझाव दिने गरेकाले परम्परागत मकै, कोदो, फापर, आटोको खोजी हुन थालेको छ । त्यसैगरी खाना पकाउने भाँडा र पानी खाने वर्तन समेत तामाका भाँडा अनिवार्य जस्तै बन्न थालेका छन् ।
जिल्ला अस्पताल बैतडीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को साउन देखि फागुन सम्म स्वास्थ्य परीक्षण गर्न आएका ३१ हजार ३ सय ५० जना मध्ये सात हजार भन्दा बढी नसर्ने दीर्घरोगी भेटिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी गराए ।
पछिल्लो समय मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरोल, दम, मुटू र मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको सङ्ख्या बढ्न थालेको उनले बताए ।
रोगका कारण अस्वस्थकर खानपीन र जीवनशैली मुख्य समस्या रहेको बताउदै उनले मधुमेह लागेका अधिकांश बिरामीले पछिल्लो समय चिनी खान छाडेका छन् ।