चैत्र १२ धनगढी । मानव बेचबिखन अन्त्यका लागि कैलालीको धनगढीमा नीतिगत संवाद कार्यक्रम गरिएको छ । मंगलबार ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रिस्ट) को आयोजनामा संवाद कार्यक्रम गरिएको हो ।
संवाद कार्यक्रममा प्रदेश सभा सदस्य रक्षा महरा, राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेश निर्देशक प्रकाश दत्त भट्ट, प्रहरी निरीक्षक पदम राज पन्त, गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया र नागरिक समाज गैर सरकारी संस्था महांसघ कैलालीका उपाध्यक्ष विनोद कडाराको सहभागिता रहेको थियो ।
संवाद कार्यक्रमको सहजीकरण माया गुरुङले गरेकी थिइन । संवाद कार्यक्रममा बोल्ने वक्ताहरूले मानव बेचबिखन अन्त्यका लागि सबै निकायको हातेमालो आवश्यक रहेको बताएका थिए ।
पछिल्लो समय प्रविधिको विकास सँगै मानव बेचबिखनको पनि स्वरूप फेरिएकाले मानव बेचबिखन नियन्त्रणका क्रियाकलाप पनि सोही अनुसार परिमार्जन गर्न जोड दिइएको थियो । कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि, शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो ।