"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

Khabar Raftar

चैत्र ११ कञ्चनपुर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने प्रतिबद्धता गरेका छन् । प्रमुख जिल्ला अधिकारी सापकोटाले जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन आए जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने प्रतिबद्धता गरेका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

‘कसैले मेरो घर भाडामा दिदैन भन्न सक्छ, त्यो उसको अधिकारको कुरा हो, तर जात सोधेर तपाईलाई घर भाडामा दिन्न भन्न पाउँदैन, कानुनी रुपमा यो गर्न पाईदैन’ प्रमुख जिल्ला अधिकारी सापकोटाले भने । सुदूरपश्चिम विश्वविद्यालयको कानुन संकायमा अध्ययनरत तुलसी विकले जातका कारण भाडामा कोठा नपाए पछि संयुक्त दलित संंघर्ष समितिले प्रमुख जिल्ला अधिकारी सापकोटा मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापन बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी सोपकोटाले ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउने र कोठा भाडा सम्बन्धि स्थानीय तहका प्रमुखसंग छद्धलफलका लागि आग्रह गर्ने बताए । ज्ञापन पत्रमा स्थानीय तहले घर भाडामा दिने सबै घरधनी सूचीकृत गरी सबैलाई भाडामा दिन सकिने व्यवस्था गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

विश्वविद्यालयको कानुन संकायमा छैठौ सेमेष्टरमा अध्ययनरत दैलेखकी बिकले जात सोधेर डेरा नपाएको पीडा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् । दुई वर्षदेखि विश्वविद्यालयमा अध्ययनरत विकको पीडा बाहिर आए पछि सोमबार समितिले छलफल गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको हो ।

विद्यार्थी विक सहित समितिका सदस्यहरु ज्ञापन बुझाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर पुगेका थिए । विद्यार्थी विकले प्रमुख जिल्ला अधिकारी सापकोटालाई आफ्नो पीडा सुनाएकी थिईन । आफूले डेराका लागि विश्वविद्यालय आशपास क्षेत्रका सबै घर पुगेको बताइन् ।

‘कोठा हेर्न जान्छु, कोठा छ भन्नु हुन्छ, जात सोधेपछि दलित हुँ भन्ने थाह पाएपछि हुँदैन भन्छन्’ उनले भनिन‘मलाई यसरी जातीय विभेद हुन्छ भन्ने थाह थिएन, कोठा पाउँदैन भन्ने थाह थिएन ।’ जातका कारण कोठा नपाए पछि आफू मानसिक रुपमा पीडामा परेको समेत उनले सुनाइन् ।

संघर्ष समितिका अध्यक्ष गणेश नेपालीको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी सापकोटाको कार्यकक्षमा गएर ज्ञापन बुझाएको हो । मुक्ति समाज कञ्चनपुरका अध्यक्ष राजेन्द्र आग्रीले ज्ञापन वाचन गरेर सुनाएका थिए ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार प्रताप तिरुवा, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गणेश विक, मुक्ति समाजका केन्द्रीय सदस्य रमेश तिरुवा, नेकपा समाजवादीका विनोद नेपाली, अधिकारकर्मी नरेश सिलाल लगायतका नेताहरु जिल्ला प्रशासन कार्यालय कञ्चनपुर पुगेका थिए ।

 

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ