चैत्र ११ बैतडी । बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रममा १ सय ६३ जनाले सेवा लिएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मेलौली बैतडीको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा १ सय ६३ जनाले सेवा लिएका हुन ।
प्रत्येक महिनाको १० गते नियमित रूपमा सञ्चालन हुँदै आएको आइतबार सम्पन्न शिविरमा १ सय २ जना महिला र ६१ जना पुरुष गरी १ सय ६३ जनाले सेवा लिएका हुन ।
मेलौलीका प्रमुख हिकमत चन्दले पाटन क्षेत्रमा आयुर्वेदिक स्वास्थ्य सेवा पहुँचविहीन रहेकाले चार महिना अघि देखि प्रत्येक महिनाको १० गते कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी गराए ।
शिविरको उद्देश्य आयुर्वेदिक सेवाको प्रवर्धन, नसर्ने रोगको पहिचान तथा उपचारमा सहयोग पु¥याउनु रहेको प्रमुख चन्दले जानकारी गराए ।
कार्यक्रममा विभिन्न नसर्ने रोगका बिरामीहरूले सेवा लिएको बताउदै उनले,उच्च रक्तचापका ३५ जना,बाथ (गठिया)का ३० जना,अम्लपित्त (ग्यास्ट्रिक)का २६ जना,मधुमेह (डायबेटिज)का १० जना,पाइल्सका १९ जना,पथ्थरीका ५ जना,दमका १६ जना,मोटोपनका ११ जनाले सेवालिएको जानकारी गराए ।
गत पौष महिना देखि सञ्चालन हुँदै आएको कार्यक्रम आगामी असारसम्म निरन्तर सञ्चालन गरिने प्रमुख चन्दले बताए । आयुर्वेदिक सेवा र नसर्ने रोग व्यवस्थापनमा सहरी गाउघर क्लिनिक प्रभावकारी बन्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन ।