"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

No data was found

Khabar Raftar

फागुन ०१ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर–३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै आएका छन् । जीविकोपार्जनका लागि विदेश जानुपर्छ भन्ने मान्यता विपरीत उनले ‘कान्तिपुर नर्सरी’ व्यावसायिक रुपमा सञ्चालन गरी मासिक ४० हजार बचत गर्दै आएका हुन ।

No data was found

धनगढी उपमहानगरपालीका वडा नम्बर–८ बुद्धचोक बसोबास गर्दै आएका विश्वकर्माले काठमाडौँको बिरुवा सम्बन्धी काम गर्ने वायोप्लान्टिक प्राइभेट लिमिटेड कम्पनीमा लामो समय काम गरी बिरुवा सम्बन्धी कामको अनुभव लिएको बताए । त्यसपछि गाउँ फर्किएर नर्सरी व्यवसाय सुरु गरेको बताउदै विश्वकर्माले वार्षिक एक लाख ५० हजार तिर्ने गरी चार कट्टा जमिन भाडामा लिई व्यवसाय गर्दै आएको बताए ।

विगत १३ वर्ष देखि नर्सरी व्यवसाय सम्बन्धी कामको अनुभव लिएका उनले पछिल्लो पाँच वर्षदेखि धनगढीको बोराडाँडीमा ५० लाख लगानीमा व्यवसाय सञ्चालन गरेका छन । मासिक ४० हजार बचत हुँदै आएको बताउदै उनले छ जना परिवारको सम्पूर्ण खर्च, छोराछोरीको शिक्षामा खर्च यही आम्दानीबाट हुने गरेको बताए ।

तीन जनालाई रोजगारी समेत दिएको बताउँदै उनले तलब बाफत मासिक ३६ हजार खर्च लाग्ने गरेको बताए । अन्य भन्दा यस व्यवसायमा जोखिम पनि बढी भएको बताउदै उनले कहिलेकाही प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न सङ्क्रमण देखा परी बिरुवा बिग्रने, कुहिने, रोग लाग्ने जानकारी गराए ।

जसले गर्दा घाटा पनि व्यवहोर्नुपर्ने बताउदै उनले व्यवसायमा कहिले घाटा, कहिले नाफा हुने भए पनि धैर्यताका साथ मेहनत गरे व्यवसायले सन्तुष्टी दिने बताए । अहिलेसम्म पैसाका लागि कसैसँग हात फैलाउनु नपरेको बताउदै उनले नेपालको झापा, विराटनगर, इटहरी र कञ्चनपुर लगायतका स्थानबाट विभिन्न जातिका फलफूल,प्यान्टसहित विभिन्न बिरुवा आयात गरेर बिक्री गर्दै आएको बताए ।

केही बिरुवा नर्सरीमा आफँै उत्पादन गरेर पनि बिक्री गर्ने गरेको उनले बताए । नर्सरीमा हाल विभिन्न जातका फलफूल, सो–प्यान्ट लगायत बिरुवा उपलब्ध भएको उनले बताए ।

भर्खरै

एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था
बादी समुदायको मादल बनाउने पुख्र्यौली पेशाबाट गुजारा चलाउन सकस
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु
बाध्यताले नभई रहरले कर तिर्ने बाताबरण बनाऔ
अछामको बासुकी माविद्धारा देउसी भैलो खेलेर ११ लाख १५ हजार ९ सय ६२ रुपैया संकलन
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै

धेरै कमेन्ट गरिएको

एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bajura

एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था

Untitled-15

बादी समुदायको मादल बनाउने पुख्र्यौली पेशाबाट गुजारा चलाउन सकस

Screenshot_20240929_092450_Lite-1727581253

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु

cropped-cropped-khabar-raftar-2.png

बाध्यताले नभई रहरले कर तिर्ने बाताबरण बनाऔ

basuki-mabi-e1762578288483

अछामको बासुकी माविद्धारा देउसी भैलो खेलेर ११ लाख १५ हजार ९ सय ६२ रुपैया संकलन

death-pt2023-05-03-08-12-06

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी