"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी

Khabar Raftar

फागुन ०१ धनगढी । कैलालीको जानकी गाउँपालिकाले गहुँको उत्पादन अनुसार अनुदान दिन थाले पछि गहुँ उत्पादनमा बृद्धी भएको छ । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थाले पछि किसानले खेतीमा निकै मिहिनेत गरे पछि उत्पादनमा बृद्धी भएको हो । जानकी गाउँपालिका वडा नम्बर –४ का शेरबहादुर थारुले गत वर्ष १० कट्टा जग्गामा २० क्वीन्टल गहुँ उत्पादन गरेको बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थाले पछि खेतीमा निकै मिहिनेत गरेको बताउदै उनले यसवर्ष त्यही जग्गामा २५ क्वीन्टल उत्पादन गर्ने लक्ष्य लिएको बताए । गत वर्ष उत्पादनका आधारमा छ हजार ४ सय अनुदान पाएको उनले जानकारी गराए ।

गाउँपालिकाबाट प्राविधिकले खेतमै पुगेर सल्लाह दिनेगरेको बताउदै उनले खेतमै पुगेर गहुँको तौल गरेर उत्पादनका आधारमा खातामा पैसा आउने गरेको बताए । किसानलाई मेहनेती बनाएको बताउदै उनले उत्पादनमा पनि प्रतिस्पर्धा बढेको बताए । सोही वडाका सन्तलाल कठरियाले पनि गाउँपालिकाको कृषि अनुदानबाट निकै प्रभावित भएको बताए ।

गाउँपालिकाले उपलब्ध गराएको अनुदान रकमले खेतीका लागि आवश्यक मलखाद खरिद गर्न पुगेको उनले बताए । किसानलाई उत्पादनमा आधारित अनुदानले प्रोत्साहित गरेको बताए । उनले अनुदान पाउन कठिन भएको बताउदै सामान्य व्यक्ति सरकारले वितरण गर्ने अनुदानको पहुँचमा पुग्न नसकेको बताए । पहुँचका आधारमा अनुदान दिने बताउदै उनले उत्पादन भयो भने अनुदान रकम खातामा आउने गरेको बताए ।

त्यसैगरी किसान मोतीलाल चौधरीले गत वर्ष दुई बिघा पाँच कट्टामा गहुँखेती गरेको बताउदै ९० क्वीन्टल गहुँ उत्पादन गरेको बताए । उत्पादनका आधारमा उनले गाउँपालिकाबाट ४१ हजार अनुदान प्राप्त गरेको बताए । ’गत वर्षभन्दा यस वर्ष बढी मेहनत गरेर तीन बिघामा गहुँखेती गरेको बताउदै उनले अनुदान पनि बढ्ने बताए । पाएको अनुदानले बीउ र मलखादका लागि पुग्ने उनले बताए ।

त्यसैगरी किसान सविता कठरियाले चार बिघा क्षेत्रफलमा गहुँखेती गरेको बताउदै उत्पादनका आधारमा अनुदान पाउने भन्दा पनि गाउँपालिकाबाट प्राविधिक खेतमै पुगेर सल्लाह दिँदा खुसी भएको बताईन । उनले अनुदानका साथमा प्राविधिक सहयोग पनि पाइरहेको बताईन । बालीमा रोग लाग्दा समयमा उपचार पाएको बताउदै उनले उत्पादन राम्रो हुँदा नगद अनुदान पाउने बताईन ।

गहुँ जस्तै अन्य बालीमा पनि अनुदान दिन सक्यो भने कृषि प्रति अझै आकर्षण बढ्दै जाने उनले बताईन । गत वर्ष अनुदानका लागि ७२ जनाले आवेदन दिएकोमा गाउँपालिकाले ६५ जना किसानलाई नौ लाख अनुदान दिएको बताइएको छ । यस वर्ष त्यो सङ्ख्या बढेर २ सय ५ पुगेको कृषि शाखा प्रमुख लालविर चौधरीले बताए । किसानले खेती गरेको जग्गाको क्षेत्रफल नापजाँच गरेर बाली काटे पछि उत्पादनका आधारमा अनुदान रकम वितरण गर्ने गरिएको उनले जानकारी गराए ।

गाउँपालिकाबाट प्राविधिकलाई किसानको खेतमै खटाएर त्यसको लागत ल्याउने काम गर्ने र त्यसैका आधारमा किसानलाई अनुदान रकम दिने गरेको उनले बताए । किसान यसबाट उत्साहित भएको पाएको उनले बताए । वास्तविक किसानले अनुदान पाएको बताउदै उनले यसवर्ष गाउँपालिकाले अनुदानका लागि १४ लाख बजेट विनियोजन गरेको बताए । उत्पादनका आधारमा किसानलाई अनुदान वितरण गर्न गाउँपालिकाले कार्यविधि बनाएको उनले बताए ।

कार्यविधि अनुसार अहिले गहुँ बालीमा दिइँदै आएको अनुदान अन्य बालीमा पनि विस्तार गर्दै लैजाने तयारी रहेको उनले बताए । बीउ तथा मलखाद वितरण गरेर त्यसबाट कसले कति उत्पादन गर्न सक्यो त्यसको लेखाजोखा नहुने भए पछि नयाँ तरिका अपनाएको उनले बताए । गाउँपालिका अध्यक्ष गणेश चौधरीले किसानलाई उत्पादनसँग जोडेको बताउदै किसान आफै उत्पादनका लागि प्रतिस्पर्धी बनेको बताए ।

किसानले खेतीमा राम्रो मेहनत गर्दै आएको बताउदै उनले गाउँपालिकाले कृषि जस्तै शिक्षामा पनि नतिजाको आधारमा विद्यालयलाई अनुदान दिन थालेको बताए । कक्षा ५, ८ र १० का विद्यार्थीको वार्षिक परिक्षाको नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन थालेसँगै विद्यालय बीचमा पनि प्रतिस्पर्धा हुन थालेको उनले बताए ।

भर्खरै

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ

धेरै कमेन्ट गरिएको

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

cropped-cropped-khabar-raftar-2.png

कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने