"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र

Khabar Raftar

फागुन ०१ बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा व्यक्तिको जग्गामा निर्माणाधीन वडा नम्बर ७ को वडा कार्यलय भवन अलपत्र परेको छ । निर्माण कार्यको ३ बर्ष वितिसक्दा पनि भवनको जग मात्र हालेर वडा कार्यलय भवन अलपत्र परेको हो । नगरपालिकाले २०७७ सालमा व्यक्तिको जग्गामा वडा कार्यलय बनाउने गरी ठेक्का आब्हान गरेको थियो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

१ करोडमा गरिएको ठेक्कामा के आर निर्माण सेवाले ६० लाख ८४ हजार ३ सय ८८ मा काम गर्ने गरि सम्झौता गरेको थियो । सम्झौता २०७७ चैत २५ गते भएको थियो । २०७८ असोज १५ गते काम सम्पन्न गर्ने समय अबधी रहेको थियो । काम सम्पन्न हुने मिति सकिएको तिन बर्ष बढी भइसक्दा पनि भवन बन्ने कुनै अत्तोपत्तो नभएको स्थानियले वताएका छन ।

भवनको ठेक्का गर्ने समयमा स्थानीय जग्गाधनीले निशुल्क जग्गा दिने गरि कागज बनाएका भए पनि काम शुरु गरेको ४ बर्ष सम्म पनि जग्गा वडा कार्यलयका नाममा गएको छैन्, भने अर्को भवन पनि यस्तै अबस्थामा रहेको बताइएको छ । वडा अध्यक्ष भुवन सिं केसीले वडा कार्यलयको ठेक्का देखी सबै काम नगरपालिकाको भएको बताउदै भवन निर्माण नहुनुमा नगरपालिका दोषी रहेको बताए ।

व्यक्तिको जग्गामा भवन निर्माण भइरहेको बताउदै उनले भवन निर्माण भयो भने वडा कार्यलयका नाममा चाडै जग्गा पास गर्ने केसीको तर्क छ । नगरपालिकाका नगर प्रमुख राम बहादुर बाँनियाले भने पहिला जग्गा वडा कार्यलयको नाममा हुनेपर्ने वताए । अघिल्लो कार्यकायलमा कसरी व्यक्तिको जग्गामा ठेक्का गरियो त्यो थाहा नभएको बताउदै वडा कार्यलयको नाममा जग्गा पास भए चाडै काम शुरु हुने उनले वताए ।

निर्माण कम्पनीको पनि काममा लार्पवाहि भएको वताउदै उनले भवन निर्माण अलपत्र परेको बताए । वडा कार्यलय एउटा जिर्ण कोठामा सञ्चालन भइरहेको बताउदै उनले सिमलकोट गाउँमा रहेको बालशिक्षालाइ बिस्थापित गरेर विगत ७ बर्ष देखी सानो कोठामा वडा कार्यलय सञ्चालनमा रहेको   बताए । एउटा कोठामा ६ जना कर्मचारी १ जना वडा अध्यक्ष बस्ने गरेको उनले बताए ।

वडा कार्यलयको एउटा मात्र कोठा रहेको बताउदै उनले कोठा भित्र कर्मचारी पालो पालै गरेर काम गर्ने गरेको एक जना कर्मचारीले वताए । भवन अभाब सँगै वडामा इन्टरनेट समेत नहुँदा काम गर्न निकै समस्या भएको ती कर्मचारीले वताएका छन् । वडा कार्यलय अलपत्र पर्नमा वडा र नगरपालिका दुबै दोषि भएको स्थानीयले बताएका छन ।

एक अर्कालाइ आरोप लगाउने काम भएको पाइएको छ । वडा अध्यक्ष काँग्रेस बाट दोस्रो पटक निर्वाचित हुन् । नगरपालिका नगरप्रमुख एमालेबाट निर्वाचित हुन भने कार्यपालिकामा एमालेको बहुमत रहेको छ । भवनको ठेक्का हुने समयमा काँग्रेसबाट निर्वाचित नगरप्रमुख भएको बताइएको छ ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ