"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र

No data was found

Khabar Raftar

फागुन ०१ बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा व्यक्तिको जग्गामा निर्माणाधीन वडा नम्बर ७ को वडा कार्यलय भवन अलपत्र परेको छ । निर्माण कार्यको ३ बर्ष वितिसक्दा पनि भवनको जग मात्र हालेर वडा कार्यलय भवन अलपत्र परेको हो । नगरपालिकाले २०७७ सालमा व्यक्तिको जग्गामा वडा कार्यलय बनाउने गरी ठेक्का आब्हान गरेको थियो ।

१ करोडमा गरिएको ठेक्कामा के आर निर्माण सेवाले ६० लाख ८४ हजार ३ सय ८८ मा काम गर्ने गरि सम्झौता गरेको थियो । सम्झौता २०७७ चैत २५ गते भएको थियो । २०७८ असोज १५ गते काम सम्पन्न गर्ने समय अबधी रहेको थियो । काम सम्पन्न हुने मिति सकिएको तिन बर्ष बढी भइसक्दा पनि भवन बन्ने कुनै अत्तोपत्तो नभएको स्थानियले वताएका छन ।

भवनको ठेक्का गर्ने समयमा स्थानीय जग्गाधनीले निशुल्क जग्गा दिने गरि कागज बनाएका भए पनि काम शुरु गरेको ४ बर्ष सम्म पनि जग्गा वडा कार्यलयका नाममा गएको छैन्, भने अर्को भवन पनि यस्तै अबस्थामा रहेको बताइएको छ । वडा अध्यक्ष भुवन सिं केसीले वडा कार्यलयको ठेक्का देखी सबै काम नगरपालिकाको भएको बताउदै भवन निर्माण नहुनुमा नगरपालिका दोषी रहेको बताए ।

व्यक्तिको जग्गामा भवन निर्माण भइरहेको बताउदै उनले भवन निर्माण भयो भने वडा कार्यलयका नाममा चाडै जग्गा पास गर्ने केसीको तर्क छ । नगरपालिकाका नगर प्रमुख राम बहादुर बाँनियाले भने पहिला जग्गा वडा कार्यलयको नाममा हुनेपर्ने वताए । अघिल्लो कार्यकायलमा कसरी व्यक्तिको जग्गामा ठेक्का गरियो त्यो थाहा नभएको बताउदै वडा कार्यलयको नाममा जग्गा पास भए चाडै काम शुरु हुने उनले वताए ।

निर्माण कम्पनीको पनि काममा लार्पवाहि भएको वताउदै उनले भवन निर्माण अलपत्र परेको बताए । वडा कार्यलय एउटा जिर्ण कोठामा सञ्चालन भइरहेको बताउदै उनले सिमलकोट गाउँमा रहेको बालशिक्षालाइ बिस्थापित गरेर विगत ७ बर्ष देखी सानो कोठामा वडा कार्यलय सञ्चालनमा रहेको   बताए । एउटा कोठामा ६ जना कर्मचारी १ जना वडा अध्यक्ष बस्ने गरेको उनले बताए ।

वडा कार्यलयको एउटा मात्र कोठा रहेको बताउदै उनले कोठा भित्र कर्मचारी पालो पालै गरेर काम गर्ने गरेको एक जना कर्मचारीले वताए । भवन अभाब सँगै वडामा इन्टरनेट समेत नहुँदा काम गर्न निकै समस्या भएको ती कर्मचारीले वताएका छन् । वडा कार्यलय अलपत्र पर्नमा वडा र नगरपालिका दुबै दोषि भएको स्थानीयले बताएका छन ।

एक अर्कालाइ आरोप लगाउने काम भएको पाइएको छ । वडा अध्यक्ष काँग्रेस बाट दोस्रो पटक निर्वाचित हुन् । नगरपालिका नगरप्रमुख एमालेबाट निर्वाचित हुन भने कार्यपालिकामा एमालेको बहुमत रहेको छ । भवनको ठेक्का हुने समयमा काँग्रेसबाट निर्वाचित नगरप्रमुख भएको बताइएको छ ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु