"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए

No data was found

Khabar Raftar

फागुन ०१ धनगढी । कैलालीको अत्तरियामा रहेको अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत सुप समावेशी आधारभूत विद्यालयका दुई ओटा कोठाहरू अपाङ्गता मैत्री बनाइएका छन । कक्षा ७ सम्म अध्यापन हुँदै आएको उक्त विद्यालयका कक्षा ३ र ५ का कोठाहरू अपाङ्गता मैत्री बनाइएका हुन ।

उक्त कोठाहरू अपाङ्गतामैत्री बनाउन कोरियास्थित डेगु क्वाङम्युङ स्कूल बिजकुल क्लबले सहयोग गरेको हो । उक्त क्लबका अपाङ्गता भएका बालबालिकाहरूले जम्मा गरेको रकमबाट विद्यालयमा दुई ओटा कक्षाकोठाहरू अपाङ्गतामैत्री बनाइएको विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले बताए ।

उक्त सहयोग विद्यालयमा ल्याउनका लागि चाङवोन नेशनल युनिभर्सिटी साउथ कोरिया (लुपिक) का निर्देशक ‘डे यङ जङ’ को महत्वपूर्ण भूमिका रहेको बताउँदै साउँदले उक्त कार्यका लागि सोही संस्थाका कोरिया प्रोजेक्ट मेनेजर इम्यङ किमको विशेष समन्वयकारी भूमिका रहेको बताए ।

उनले कक्षाकोठाको व्यवस्थापन हुन नसक्दा शिक्षण सिकाइलाई प्रभावकारी रूपमा अगाडी बढाउन नसकिएको अवस्थामा सहयोगले राहत मिलेको बताए । उनले अब अपाङ्गता भएका बालबालिकाहरूले अपाङ्गता मैत्री कक्षा कोठामा बसेर सहज रूपमा अध्यापन गर्न पाउने समेत    बताए ।

उनका अनुसार सहयोग गरिएका सामग्रीहरूमा टेबल सहितका १७ वटा कुर्ची, २ वटा ह्वाईटबोर्ड, २ वटा डस्टबिन र १० वटा योगा मेटा फम रहेको जानकारी गराए ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण