नेपालको ईतिहासमा २०५२ साल फागुन १ गते महत्वपूर्ण दिन हो । शोषित पीडित जनताको मुक्तीका खातीर युद्धको संखघोष गरिएको दिन हो । दश बर्षे जनयुद्धले प्राप्त गरेका अधिकार र परिबर्तनहरुले जनताले आफुलाई भाग्यमानी ठानेका छन । आज जनयुद्ध सुरु भएको ३० औ बर्ष पुगेको छ । देशले लोकतान्त्रीक गणतन्त्र प्राप्त गरेको छ ।
देश धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको छ । समानुपातीक निर्बाचन प्रणाली मार्फत शोषीत पीडित बर्ग समुदायको प्रतिनिधित्व भएको छ । जनताले आफ्ना विचारहरु निर्धक्क सबैका सामु राख्न पाएका छन । तर विडम्बना १० बर्षे जनयुद्धको नेतृत्व गरेको पार्टी १० टुक्रा भएको छ । सहिदहरुले देखेको सपना अधुरो रहेको छ ।
दिर्घकालीन जनयुद्धको माध्यामबाट जनबाद, समाजबाद हुदै साम्यबादको यात्रा तय गरेको कम्युनिष्ट पार्टीको यात्रा अझ लामो बन्दै गएको छ । तर पनि जन युद्धको विडो थाम्दै नेपाली विशेषताको समाजवाद प्राप्तिका लागि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा अगाडि बढिरहेको छ । सबै जनबादी शक्ति,राष्ट्रबादी शक्ति र सर्बसाधारण जन समुदायलाई साथमा लिएर जनयुद्धको मर्मर भावनालाई आत्मसाथ गर्दे अगाडी बढी रहेको छ ।
नेपाली श्रमिक जनताको वीरतापूर्ण गाथा बाकेको महान जनयुद्ध दिवसलाई सरकारले प्रथामीकतामा नराखे पनि क्रन्तीकारी नेपाली जनता र जनयुद्धका पक्षधरहरुले पहिलो प्राथमीकतामा राख्न जरुरी छ । जनयुद्धको मर्म र महत्वलाई शीरोधार्य गरी जनयुद्ध र एकीकृत जनक्रान्तिका अमर सहिदहरुले देखाएको बाटो पछ्याई रहन जरुरी छ ।
महान सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै, वेपत्ता योद्धहरु प्रति उच्चसम्मान, बन्दी, घाइते योद्धा तथा जनयुद्धमा अमूल्य योगदान प्¥याएका न्यायप्रेमी जनताहरुलाई सम्मान गर्न जरुरी छ । सामन्तवाद तथा नोकरशाही दलाल पुँजीवादी सत्ताका विरुद्ध गरिएको विद्रोह जनयुद्ध दिवसलाई ऐतिकासिक रुपमा मनाउन जरुरी छ ।
नया“ जनवादी राज्यसत्ता, राष्ट्रिय स्वाधीनता एवं जनताको पूर्ण अधिकार प्राप्तीका लागी एकजुट हुन जरुरी छ । क्रान्तिकारी नेता कार्यकर्ताहरुले क्रान्तिको झण्डालाई ढल्न नदिन एकीकृत जनक्रान्तिमा समाहित हुन जरुरी छ ।
महिलालाई सुरक्षा सहितको समान अधिकार, श्रमिक समुदायलाई सुरक्षा सहितको विशेष सुविधा, जनजाति, मधेशी र मुश्लिमलाई संघीयता सहितको सत्तामा समान सहभागिता, कर्णाली, सेती महाकालीलाई विशेष सुविधा, सेना प्रहरी तथा कर्मचारीलाई निश्पक्ष जिम्मेवारी प्रदान, उद्योगीहरुलाई सुरक्षा सहितको प्रोत्साहन, मध्यमवर्गलाई सुरक्षा र सहयोग हुने राज्य व्यवस्था प्राप्तीका लागी सबैको ध्यान केन्द्रित होस भन्ने चाहाना सहित ३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।