"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोडको कारोबार, २७ हजारले गरे अवलोकन

No data was found

Khabar Raftar

धनगढी । कृषि निर्देशनालय दीपायलको आयोजनामा कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरणमा टेवा पुर्याउने लक्ष्य सहित धनगढीमा संञ्चालन भएको पाँच दिने प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोड भन्दा बढीको आर्थिक कारोबार भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–१ पशुपति टोलको मैदानमा माघ २६ देखि ३० गते सम्म संञ्चालन भएको प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोड भन्दा बढीको आर्थिक कारोबार भएको हो ।

त्यसैगरी २७ हजार भन्दा बढी दर्शेकले अवलोकन गरेको कृषि निर्देशनालयका कृषि निर्देशक खगेन्द्रप्रसाद शर्माले जानकारी गराए । प्रदेश सरकारले कृषिमा गरेको लगानीको प्रतिफलको मूल्याङ्कन गर्न र थप सम्भावनाको खोजी गर्न आयोजना गरिएको कृषि प्रदर्शनी मेला उदेश्य पुरा गर्न सफल भएको उनले बताए ।

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला तथा प्रदर्शनी गर्न सफल भएको शर्माले बताए । े मेलाको समापन कार्यक्रमा बोल्दै कृषि मन्त्री विर बहादुर थापाले प्रदेश सरकारले कृषिमा गरेको लगानीको प्रतिफलको मूल्याङ्कन मेलामा देखिएको बताए । उनले सम्भावनाको खोजी गर्न गरिएको कृषि प्रदर्शनी मेलाले आगामी दिनमा कृषि क्षेत्रमा थप के कति सुधार गर्ने सकिन्छ भन्ने कुरा देखाएको बताए ।

प्रदेश सरकारले केही गरेन भन्ने जनगुनासो सुनिन थालेकाले बताउदै उनले त्यसलाई चिर्न मेला आयोजना गरिएको बताए । मेलामा किसानले धेरै कुरा सिक्ने अवसर समेत पाएको मन्त्री थापाले  बताए । मेलामा ९ वटै जिल्लामा उत्पादन भएका कृषि उपजको प्रदर्शनी गरिएको थियो । मन्त्रालयका सचिव यज्ञराज जोशीले मेलामा हरेक दिन कृषि सम्बन्धी नवीनतम प्रविधिको विषयमा जानकारी समेत किसानलाई दिएको बताए ।

उनले कृषि विज्ञहरूसँग कृषकलाई राखेर कृषि तथा पशुपन्छी क्षेत्रमा नवीनतम प्रविधि र अनुसन्धान बारे बहस र छलफल समेत भएको बताउदै आगामी दिनमा किसान कृषि पेशालाई थप अगाडी बढाउँन सहज हुने बताए ।

मेलाले बजार नपाएको भन्ने किसानको गुनासो र खोजेको कृषि उपज पाइएन भन्ने उपभोक्ताको गुनासोलाई पनि सम्बोधन गर्ने प्रयास गरेको उनले बताए । सुदूरपश्चिमका रैथाने र अर्गानिक कृषि उपज र खानाको परिकारको समेत मेलाका माध्यमबाट प्रचार प्रसारमा सहयोग पुगेको उनले बताए । मेलामा विभिन्न विधाका कृषक र विभिन्न क्षेत्रमा योगदान दिएका ब्याक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण