"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सम्झौता भएको २ बर्ष वित्यो ६ लेन सडकको गोदावरी क्षेत्रमा अझै स्ट्रिट लाइट जडान हुन सकेन

No data was found

Khabar Raftar

फागुन ०१ धनगढी । सम्झौता भएको २ बर्ष विते पनि ६ लेन सडकको गोदावरी क्षेत्रमा अझै स्ट्रिट लाइट जडान हुन सकेको छैन । कैलालीको गोदावरी नगरपालिकाले २ वर्ष अघि मोहना–अत्तरिया ६ लेन सडक खण्डको गोदावरी क्षेत्रमा स्ट्रिट लाइट सडक बत्ती जडान गर्ने सम्झौता गरेको भए पनि अझै जडान हुन नसकेको हो ।

No data was found

नगरपालिकाले नेपाल विद्युत प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडक बत्ती प्रवर्धन आयोजना सँगको साझेदारीमा सडक बत्ती जडान गर्नको लागि प्रक्रिया अगाडि बढाएको भए पनि सझौता कार्यान्वयनको जिम्मा पाएको साझेदार कार्यालयको लाफरबाहीका कारण सडक बत्ती जडान हुन नसकेको हो ।

सडक बत्ती जडानका लागि ६५ प्रतिशत नगरपालिका र ३५ प्रतिशत सडक बत्ती प्रवर्धन आयोजना कार्यालयले लागत साझेदारीमा काम गर्ने सम्झौता गरिएको थियो । सम्झौता अनुसार नगरपालिकाले रकम उपलब्ध गराए पछि कार्यान्वयनको जिम्मा सडक बत्ती प्रवर्धन आयोजनाको हो । सम्झौता अनुसार नगरपालिकाले सडक बत्ती जडानका लागि २ चरणमा गरेर १ करोड ९६ लाख ५६ हजार ४ सय रुपैयाँ भुक्तानी गरिसकेको भए पनि जडानको कार्य सुरु हुन सकेको छैन ।

६ लेन सडकको गोदावरी नगरपालिका क्षेत्रमा सडक बत्ती जडानका लागि ३ करोड २ लाख ४० हजार ६ सय ८३ रुपैयाँ अनुमानित लागत तयार गरिएको थियो । सम्झौता अनुसार नगरपालिकाले पहिलो चरणमा ५० प्रतिशत अर्थात् ९८ लाख २८ हजार २ सय रुपैयाँ गत वर्ष असार २१ गते बुझाएको थियो भने बाँकी रहेको रकम यही माघ ११ गते बुझाई सकेको जानकारी गराइएको छ ।

सझौता कार्यान्वयनको जिम्मा पाएको सडक बत्ती प्रवर्धन आयोजना कार्यालयले भने एकमुष्ट २२ वटा पालिकामा काम गर्दा ढिलाइ भएको जनाएको छ । आयोजनाका मेनेजर प्रमोद रिजालले टेन्डर लगायतका अन्य प्रक्रियाहरू सम्पन्न भइसकेकाले अबको २ महिनाभित्रै सडक बत्ती जडानको प्रक्रिया सुरु हुने बताए ।

देशभरका २२ वटा पालिकाहरूको विद्युतको कार्यसँगै भइरहेकाले कसैले समयमै भुक्तानी नगर्दा काममा केही ढिलाइ भएको उनले बताए । उनले सम्पूर्ण टेण्डर प्रक्रिया सम्पन्न भइसकेकाले अबको केही समयमा निर्माणको कार्य सुरु गरिने बताए ।

६ लेन सडकमा सडक बत्ती जडानका लागि काठमाण्डौको सुरुवे ऊर्जा प्राइभेट लिमिटेडसँग सम्झौता भएको छ । यता गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले चालु आर्थिक वर्षभित्र ६ लेन सडकमा सडक बत्ती बल्ने बताएका छन् । उनले प्रक्रियागत रूपमा केही अवरोध आएका कारण ढिलाइ भएको भन्ने जानकारीमा आएको बताएका छन ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त