"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने

No data was found

Khabar Raftar

माघ २९ धनगढी । शुक्लाफाँटा नगरपालिकाले पाँच वर्ष एउटै विद्यालयमा अध्यापन गरेका सामुदायिक विद्यालयका शिक्षकको सरुवा गर्ने भएको छ । पूर्व प्रधाना अध्यापक, पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षक, नगर सिकाइ सहयोग अनुदानमा कार्यरत शिक्षक, राहत अनुदानमा कार्यरत शिक्षक र बालविकास शिक्षकको सरुवा गर्ने निर्णय कार्यपालिकाले गरेको हो । नगर क्षेत्र भित्रकै विद्यालयमा सरुवा गरिने समेत नगरपालिकाले जनाएको छ ।

सरुवा हुन चाहेको शिक्षकले कम्तीमा पाँच वटा विद्यालयको प्राथमिकता क्रम सहित नगरपालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने विद्यालय समायोजन दरबन्दी मिलान तहगत प्रअ व्यवस्थापन कार्यदलका संयोजक रमेशबहादुर ऐरले जानकारी गराए । ‘शिक्षकको नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा सरुवाका लागि प्रतिवेदन निर्णयार्थ कार्यपालिकामा पेस गरी पारित गरिएको उनले बताए ।

‘सुझाव सहित पारित प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित विद्यालयमा जानकारी गराईउको उनले बताए । संयोजक ऐरले ६३ नगर शिक्षक, नौ जना सङ्घीय अनुदानका शिक्षक गरी ७२ जना, प्राथमिक तहका स्थायी ७३ जना, निम्न माध्यमिक तहका १६ जना, माध्यमिकका आठ जना स्थायी शिक्षकको दरबन्दी मिलान, व्यवस्थापन गरिने बताए ।

त्यसैगरी उच्च माध्यामीक विद्यालयका दुई जना, राहत कोटाका प्राथमिक तहका ५० जना, निम्न माध्यमिक विद्यालयका २३ जना, माध्यमिक तहका २४ जना, साबिक उच्च माध्यामीक विद्यालयका आठ जना र बालविकासका ६५ जना शिक्षकको व्यवस्थापन गरिने उनले जानकारी गराए । विद्यालयमा कार्यरत कर्मचारीलाई पनि कार्यदलले व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको उनले जानकारी गराए ।

शिक्षा क्षेत्रसँग सम्बद्ध विज्ञ, पूर्वशिक्षा क्षेत्रका सेवानिवृत अधिकारी, विद्यालय व्यवस्थापनका पदाधिकारी, शिक्षक लगायतसँग रायसल्लाह सुझाव लिएर प्रतिवेदनलाई मूर्तरुप दिने उनले बताए । यसअघि कार्यदलको सिफारिसमा सामुदायिक विद्यालयमा २८ जना प्रधानाध्यापक र तहगत, विषयगत गरी २४ जना शिक्षक व्यवस्थापन गरिएको उनले बताए ।

न्यून विद्यार्थी सङख्या भएका चार वटा विद्यालय समायोजन र दुईवटा विद्यालयको तहगत मिलान गरिएको उनले बताए । नगर क्षेत्रमा २८ वटा सामुदायिक विद्यालय रहेको उनले बताए । विद्यालयका भौतिक समस्या, शैक्षिक समस्या तथा शिक्षक व्यवस्थापनलाई दश वर्षे नगर शिक्षा योजनामा समेट्ने नगरपालिकाको शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले बताए ।

विद्यालयस्तरीय शैक्षिक कार्यहरू नियमित रूपमा सञ्चालन गराई परीक्षा प्रणालीलाई समय सापेक्ष सुधार गर्ने प्रयास गरेको उनले बताए । नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमा तहगत स्थायी प्रधानाध्यापक व्यवस्थापन गरी कामकाजका लागी खटाएको उनले जानकारी गराए ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण