माघ २९ धनगढी । धनगढीमा आयोजना गरिएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ । मंगलबार गोदावरी नगरपालिका र सिवाइसी युवा क्लबले खेलाडीहरुलाई सम्मान गरेको हो । नगरपालिका कार्यालयमा नगरप्रमुख विरेन्द्र भट्टले खेलाडीहरु, टिम कोच, व्यवस्थापक लगायतलाई टीका खादाका साथ मायाको चिनोले सम्मान गरेका हुन । सम्मानकार्यत्रलम्मा बोल्दै नगर प्रमुख भट्टले राष्ट्रिय प्रतियोगिताको विजेता बनेर आएको सिवाइसी अत्तरियाले नगरपालिकाको नाम अघि बढाउन सहयोग गरेको बताए ।
उनले नगरपालिका नगरका सबै वडाहरुमा खेलमैत्री वातावरण बन्नुपर्छ भन्ने उद्देश्यका साथ अघि बढीरहेको बताए । उनले खेलकुदलाई नगरले प्राथमिकताका साथ राखेको बताउदै ‘खेलकुद भनेको युवा लक्षित कार्यक्रम भएकाले खेलाडी तथा युवाहरुको व्यक्तित्व विकास हुने बताए । स्थानिय सरकारको योगदान रहनुर्पे बताउदै उनले खेलकुदलाई विशेष प्राथमिकताका साथ राखेको बताए । पछिल्लो समय गोदावरीमा क्रिकेटको राम्रो क्रेज रहेको बताउदै उनले गोदावरीमा खेलकुदका लागि नगरस्तरिय मात्रै नभई प्रदेशस्तरिय खेलमैदान बन्ने स्थानको सर्वेक्षण गरिएको बताए ।
उनले तत्काल नभए पनि आगामी केही वर्ष भित्रै राम्रो खेलमैदान गोदावरीमा निर्माण हुने बताए । ‘गोदावरीको फोहोरमैला व्यवस्थापन केन्द्रको पछाडीपट्टी खेलकुद मैदानका लागि पर्याप्त जमिन भएको बताउदै उनले त्यसलाई अमिन पठाएर नाप्न लगाएको बताए । त्यो जमिन ४६ विगाहा भएको बताउदै उनले जसमा एउटा रुख पनि काट्नु नपर्ने बताए । मुख्यमन्त्री, मन्त्री तथा सांसदहरुलाई पटक पटक त्यो क्षेत्रमा बोलाएर प्रदेशको राजधानी शहर निर्माण गर्न अनुरोध गरेको बताउदै आजसम्म कुनै पहल नभएको बताए ।
उक्त क्षेत्रमा प्रदेशकै सबैभन्दा ठुलो खेलमैदान निर्माण गर्ने योजना रहेको बताउदै उनले सबै किसिमका खेलहरु खेल्नका लागि पर्याप्त जमिन भएकाले सुदूरपश्चिमको अन्र्तराष्ट्रिय रंगशालाको रुपमा अगाडी बढाउने योजना बनाएको नगरप्रमुख भट्टले बताए । नगरपालिकाले उक्त क्षेत्रमा लगत्तै ३÷४ वटा क्रिकेट पिँचहरु निर्माण गर्ने बताउदै उनले करिब डेढ÷दुई महिना भित्रै पिँचहरु निर्माण गरेर क्रिकेटको अभ्यास गर्न सकिने खालको मैदान निर्माण गरिने बताए । उनले ४६ विगाहाको जमिनमा प्रदेशकै ठुलो खेलकुद मैदान निर्माण गर्ने कार्य नगरपालिकाकै बजेटले सम्भव नहुने भएकाले अन्य निकायहरुसँग पनि सहयोगका लागि तयारी थालिरहेको उनले बताए ।
तत्काल सम्भव नभए पनि अबको ५÷६ वर्षभित्र उक्त क्षेत्रमा प्रदेशकै अन्र्तराष्ट्रिय रंगशाला बनाउन सकिने र तत्कालिन समयमा उक्त विषय अनिवार्य आवश्यकता बन्ने उनले बताए । उक्त विषयमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दसँग पनि आफूले कुरा राखेको उनले बताए । नगरपालिकाले अघिल्लो कार्यकालमा वडा नम्बर २ मा रहेको दुर्गालक्ष्मी सामुदायिक बनको क्षेत्रमा रंगशाला बनाउने भन्दै घेरबार गरिएको थियो । रुख र सानो क्षेत्र भएकाले त्यसलाई रंगशालाको रुपमा विस्तार गर्न समस्या हुने नगरप्रमुख भट्टले बताए ।
नगरका साना खेलहरुका लागि प्रयोगमा ल्याईरहेको बताउदै उनले ग्राउन्डको लेबल मिलाउने र अधुरो प्रशासनिक भवन बनाउने कार्य सम्पन्न भएको बताए । सिवाइसी अत्तरियाका अध्यक्ष नरबहादुर राईले अत्तरियामा क्रिकेटको विकासका लागि सिवाइसीले सक्दो प्रयास गरिरहेको बताए । उनले अर्जुन ट्रफी सहित सिवाइसीले राष्ट्रिय स्तरका विभिन्न खेलहरुका विजयी ट्रफीहरु गोदावरी नगरपालिकामा ल्याईसकेको बताउदै यस्ता खेलहरुमा सहभागी हुने अवसरहरु अझै पनि सिवाइसीले उपलब्ध गराउने बताए । उनले सिवाइसीलाई विजयी गराउन योगदान पु¥याउने सम्पुर्ण व्यक्तित्वहरु प्रति आभार ब्यक्त गरेका छन ।